टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखमा कार्यपालिकाका जेष्ठ सदस्य रामबहादुर नगार्जी चयन भएका छन्। कार्यपालिकाको ६२औँ बैठकले बहुमतका आधारमा उनलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएको हो।
निवर्तमान नगर प्रमुख रामलाल डगौरा थारु प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेसँगै नगर नेतृत्व रिक्त भएको थियो। सोही अवस्थालाई मध्यनजर गर्दै बहुमत सदस्यको हस्ताक्षरसहितको निवेदनपछि प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले बैठक आह्वान गरेका थिए।

१७ सदस्यीय कार्यपालिकाको बैठकमा विभिन्न दलबाट निर्वाचित सदस्यहरूको सहभागितामा नगार्जी सर्वसम्मत चयन भएका हुन्। उनले पदस्थापन समेत गर्दै सबै सदस्यको सरसल्लाह र सुझावका आधारमा नगरपालिकाको कामकारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।











समाचार 