लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

रेशम चौधरी सहितको रिहाई गर्न सरकारले ल्यायो छुट्टै अध्यादेश

सत्ती / सरकारले वार्तामा रहेका सरोकारवालाहरू सँगको सहमति कार्यान्वयनका लागि अलग्गै अध्यादेश ल्याएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो अध्यादेश ल्याउने निर्णय गरेको सरकारका एक मन्त्रीले मेरोन्युजलाई जानकारी दिए ।

उनका अनुसार, यो अध्यादेश जारी भएपछि नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका र टीकापुर घटनामा आरोपित भई डिल्लीबजार जेलमा रहेका रेशम चौधरीलगायतलाई रिहाइको बाटो खुल्ने छ ।

सिके राउत नेतृत्वको जनमत पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायतका पार्टी र समुहसँग भएको सहमति कार्यन्ययनका लागि अध्यादेश ल्याईएको सरकारको भनाई छ ।

४ मंसिरको चुनाबमा सत्ता गठबन्धन दलको बहुमत नभएको र नयाँ सरकार गठन तयारीको लागी रेशम चौधरी , सिके राउत लगायतलाई सरकारमा सहभागी गराउनका लागी प्रयास गरिरहेको छ । यहि बेला सरकारले फौजदारी सम्बन्धि विषय समेटेर यस्तो अध्यादेश ल्याएकाे हो ।

यतिबेला रेशम चौधरी, सीके राउतलगायतलाई सरकारमा सहभागी गराउन सत्ता गठबन्धन दल छलफलमा छ । चौधरी सस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले आफूहरूको माग सम्बोधन भए मात्रै सरकारमा जाने निर्णय गरिसकेको छ ।

अध्यादेश भोलि मात्रै राष्ट्रपति कार्यालय पठाउने गरी निर्णय गरेको ती मन्त्रीले बताए । राष्ट्रपतिले अध्यादेश जारी गरेपछि मात्रै रेशम चौधरीलगायतको रिहाईको बाटो खुल्ने छ । साभार :मेरो न्युज डटकम


प्रकाशित : २०७९ मंसिर २५ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप