लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सहकारीले शेयर सदस्यलाई सबल बनाउनुपर्ने : नगर प्रमुख थारु

नारायपुर/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले सहकारीको मेरुदण्ड सहकारीका शेयर सदस्य रहेको बताउँदै शेयर सदस्यहरुलाई सधै सबल र अग्रपंक्तिमा राख्नु पर्ने बताएका छन्। साे कुरा नगर प्रमुख थारुले शनिबार टिकापुर नगरपालिका वडा नम्बर ६ स्थित लक्ष्मीनारायण सहकारीकाे १७ अाैं वार्षिक साधारणसभामा बताएका हुन ।

सभाको प्रमुख अतिथिको सामाजिक क्षेत्रमा उदाहरणीय काम गर्दै आएको बताउँदै सहकारीले कृषि क्षेत्रका लागि मलखादको व्यवस्था गरि राम्रो काम गरेको समेत बताएका छन् । उनले सहकारीको मेरुदण्ड भनेको सहकारीका शेयर सदस्य रहेको बताउँदै शेयर सदस्यहरुलाई सधै सबल र अग्रपंक्तिमा राख्नु पर्ने बताए ।

सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा ९० लाख भन्दा बढी मुनाफा कमाउन सफल भएको छ । सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनका आधारमा गत वर्ष ९० लाख ५३ हजार ४ सय ७६ रुपैयाँ ५९ पैसा खुद नाफा कमाउन सफल भएको हो । एक हजार तीन सय ९३ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी एक करोड ३० लाख ५० हजार दुई सय ५० पुगेको छ भने ११ करोड तीन लाख ९ हजार एक्क सय ३० रुपैयाँ ५४ पैसा निक्षेप सापटी रहेको छ । १३ करोड ८३ लाख ६० हजार ८ सय ३० रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायतकाे अध्यक्षतामा भएको वार्षिक साधारण सभामा टीकापुर ८ वडा अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि दीर्घ ठकुल्लाले सहकारीहरु हाम्रा सप्पत्ती रहेको बताउँदै तल्लो भेगका सहकारीहरु ग्रामीण क्षेत्रका लागि बैंकको रुपमा स्थापित भएको बताएका छन् । उनले सहकारीहरुले आफ्ना कार्यक्षमतालाई अब्बल बनाएको बताउँदै आजभोलि सहकारीका कारण जीवन यापन गर्न सहज भएको बताएका छन् ।

वार्षिक साधारण सभाको अवसरमा सहकारीले गत वर्षको एसईई परिक्षामा उत्कृष्ट नम्बर ल्याउन सफल कर्णाली माद्यामिक विद्यालय सत्तीका विद्यार्थी अंकित टमट्टा, लोक तथा देउडा गित प्रतिष्ठानका सदस्य पदमबहादुर धामी, १६ वर्ष मुनिको सि डिभिजन फुटबल खेल खेलिसकेका उदियमान खेलाडी चरन ठकुल्लालाई फुटबल र नगद सहित सम्मान गरिएको थियोे भने सहकारीले तल्लो भेग अन्तरगत गत वर्षको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल राष्ट्रिय माध्यमिक विद्यालय बेलुवालाई पनि सम्मान गरेको छ ।

त्यस्तै सहकारीले १६ जना ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा ब्ल्यांकेट सहित सम्मान गरेको छ । त्यसैगरी सहकारीले उत्कृष्ट बचत कर्ता, असल ऋणी लगायतलाई पनि सम्मान गरेको थियो ।कार्यक्रममा शेयर सदस्य जनक चाैधरी,उमा भट्टराई,राष्ट्रिय माध्यमिक विद्यालय बेलुवाका प्रधानाध्यापक रामप्रसाद चाैधरी, रेडक्रस नारायणपुरकी सभापति धनसरी कोइराला, टीकापुर ४ वडा अध्यक्ष लालबीर चाैधरी,सहकारीकाे साधारणसभाकाे टिप्पणीकर्ता पत्रकार भिम विकले लगायतले मन्तव्य राखेका थिए ।
सहकारीका सचिव ओपेन्द्र खड्काले संचालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष युवराज नायकले गरेका थिए ।


प्रकाशित : २०८२ मंसिर २१ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप