लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीमा शिक्षकबाटै छात्रा बलात्कृत,शिक्षक फरार

कैलालीको धनगढीमा एक माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रा शिक्षकबाटै बलात्कृत भएकी छिन ।

त्रिनगर माध्यमकि विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकामाथि सोही विद्यालयका तेक्वान्दो खेल प्रशिक्षक धनगढी उपमहानगरपालिका–४ का पृथ्वीराज घिमिरेले बलात्कार गरेको खुलेको छ भने उनी विरुद्ध उजुरी परेको छ ।

घिमिरेले १३ वर्षीया बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेको र पछिल्लो पटक बालिकालाई घुम्न जाउ भन्दै पुनर्वास नगरपालिकाको आईबीआरडीमा रहेको तेक्वान्दो दोजाङको कार्यालयमै बलात्कार गरेको पिडित पक्षको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराका अनुसार जबरजस्तीकरणी शिर्षकमा किटानी जाहेरी परेपछि आरोपीत घिमिरे भने फरार भएका छन् । बालिकाले घिमिरेले आफूमाथि बलात्कार गर्ने गरेको कुरा आमालाई बताएपछि घटना बाहिर आएको प्रहरीको भनाई छ ।  उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०८२ असार २५ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप