सत्ति/टिकापुर नगरपालिका वडा नम्बर ७ सत्ति स्थित सत्ति कृषि सहकारी संस्थाकाे नवाैं वार्षिक साधारण सभा शनिबार सत्तिमा सम्पन्न भएको छ।

सहकारीका अध्यक्ष सन्जिव कुमार वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर
नगरपालिका वडा नं ७ नं का अध्यक्ष यज्ञ न्यौपाने प्रमुख अतिथि रहेका थिए ।प्रमुख अतिथी न्यौपानेले सहकारीबाट ऋण लिएर सहि प्रयोजनमा मात्र लगानी गर्नमा जाेड दिएका थिए ।
२०७३ साल फागुन २ गते स्थापना भएको सहकारीले यस आर्थिक वर्षमा ३ लाख २० हजार ५ सय ९४ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ भने गत तीन वर्षको तथ्यांक हेर्दा भने संस्थाले क्रमश: आर्थिक वर्ष ७९/८० मा ३ लाख २४ हजार १६८ रुपैयाँ, आर्थिक वर्ष ८०/८१ मा ४ लाख ७१ हजार १४ रुपैयाँ मुनाफा कमाउँदै आएको छ ।
संस्थाको हाल सम्मको तथ्यांक केलाउँदा शेयर पुँजि १८ लाख २८ हजार ३ सय रुपैयाँ, बचत/निक्षेपमा ८९ लाख ४६ हजार ४ सय १५ रुपैयाँ,ॠण लगानी ८४ लाख ११ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । कार्यक्रमको संचालन सुमन तिमिल्सिनाले गरेका थिए ।











समाचार 