बेलुवा /टिकापुर ७ बेलुवा स्थित सुनसुनिया ग्रामीण विद्युत सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ । बिहीबार भएको अठारौं चुनावी साधारणले नयाँ नेतृत्व पनि चयन गरेको छ ।

सहकारीको १८ औं चुनावी साधारण सभाबाट संचालक समिति र लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन भएको हो । सहकारीको अध्यक्षमा देशराज चौधरी चयन भएका छन् भने उपाध्यक्षमा पार्वती क्षेत्री सचिवमा माधव प्रसाद अधिकारी र काेषाध्यक्षमा पुर्णलाल चौधरी चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा अन्जु देवि चौधरी ,माया देवि बुढा ,सविता देवि चौधरी ,बम बहादुर चौधरी, गणेश चौधरी चयन भएको निर्वाचन समितिका संयोजक कपुरसिंह कडायतले जानकारी दिए ।यसैगरी सहकारीको लेखा सुपरिवेक्षण समिति संयोजकमा खुसिराम चौधरी चयन भएका छन् भने सदस्यमा खुसिराम चौधरी र राजेन्द्र चौधरी रहेका छन् ।
सहकारीका अध्यक्ष पहलवान चाैधरिकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु रहेका थिए । प्रमुख अतिथिको आसन बाट बाेल्दै थारुले किसानलाई मल आवश्यक परेको समयमा पुगाउन नसक्नु राज्यको समस्या भएको बताएका थिए ।

केन्द्र सरकारको क्षेत्राधिकार भएको बताएका थिए । कार्यक्रममा नियमितरूपमा विद्युत महसुल बुझाउने ६५ जना शेयर सदस्यलाई सम्मान गरिएको थियोे । सहकारीले आमण्त्रण गरेका विभिन्न क्षेत्रका अतिथिहरुले मन्तव्य राखेका थिए ।
६१८ जना शेयर सदस्य रहेको साे सहकारीकाे शेयर पुँजी १२ लाख ५४ हजार ७ सय ६४ रुपैयाँ रहेको छ भने ९ लाख ८५ हजार १ सय १२ रुपैयाँ ४३ पैसा शुद्ध नाफा गरेको प्रतिवेदनमा उल्लेख गरेको थियोे ।










समाचार 