सत्ति / सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गतल मनसायबाट विनियोजित बजेट कार्यान्वयन नहुँने बताएका छन् ।

शुक्रबार धनगढीमा सम्पन्न नेपाल वन प्राविधिक संघ प्रदेश कार्य समित सुदूरपश्चिमको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन ।

“बजेट भित्र समेटिएका कुनैपनि कार्यक्रम, कुनैपनि योजना चलखेलका आधारमा, लेनदेनका आधारमा, अनावश्यक रुपमा वा आवश्यकता नभएका ठाउँमा बजेट विनियोजन भएको छ, भने त्यो कुनैपनि कार्यान्वयन हुँदैन,” मुख्यमन्त्री शाहले भने “हामी आफूले आफूलाई वर्तमान परिपेक्षमा बुझ्न सकेनौ भने मुलुकको जिम्मेवारी र कर्तव्य के हो । भन्ने बुझ्न सकेनौ भने हामीमाथि निरन्तर प्रश्नहरू आइरहनेछन्, उठिरहनेछन् सबैमा सचेत हुन र समयमा आफूलाई करेक्सन गर्न जरुरी छ । 
बजेटका निर्माणका समयमा धेरै टिक्का टिप्पणी आए, कुनै आग्रह वा कुनै पूर्वाग्रहले आएका हुनसक्छन म त्यतातिर जान्न, तर सहि के हो गलत के हो त्यो विश्लेषण गर्ने जिम्मेवारी तपाईहरुको काँधमा छ, सहि विश्लेषण गरी मलाई रिपोर्टिङ गर्नुहोला, मुख्यमन्त्री शाहले भने म त्यसलाई गम्भिरता पूर्वक लिन्छु। “हामी सबै जिम्मेवार बनौ,” मुख्यमन्त्री शाहले भने “सबैले विधि, प्रक्रिया र पद्धतिलाई स्थापित गर्दै अगाडि बढ्न र इमान्दारीका काम गर्नु पर्दछ। साथै उनले सही मार्ग र सही पथमा आफूलाई उभ्याउँदै गर्दा एउटा मित्रका हिसाबले, एउटा नेतृत्व हिसाबले र एउटा सरकारका हिसाबले सधै जनताको पक्षमा रहने प्रतिवद्धता व्यक्त गरे ।










समाचार 