लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

स्व. सिंहको श्रद्धाञ्जली सभा सम्पन्न

टिकापुर / टिकापुर स्थित खडग मेमोरियल स्कुलले स्व. खड्‌ग बहादुर सिंहको श्रद्धाञ्जली सभा गरेको छ।

साेमबार एक कार्यक्रमका बिचमा स्व. सिंहको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली सभा गरेको हो । वि.सं. २०४४ पुस १५ गतेका दिन दाङ‌बाट टीकापुर फर्किने क्रममा सवारी दुर्घटना भई उहाँको
निधन भएको थियो ।

टीकापुर नगरका परिकल्पनाकार स्व. खड्ग बहादुर सिंह वि.सं. १९८९ कात्तिकमा कैलालीको अलाडमा जन्मेका थिए।
उहाँको योगदानको कदरस्वरूप टीकापुरमा थुप्रै संघसंस्थाको नामकरण उहाँको नामबाट गरिएका छन। त्यस मध्यको एक टीकापुर न. पा. वडा नं. १, ब्लक नं.१० स्थित खड्ग मेमोरियल सेकेन्डरी स्कुल पनि हो।

श्रद्धाञ्जली सभा कार्यक्रम विद्यालयका अभिभावक ,शिक्षक,कर्मचारी ,शुभचिन्तक र विद्यार्थीहरुको सहभागिता थियो ।

 

कार्यक्रममा स्व.सिंहको आत्माको चिरशान्तीको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो । टीकापुर नगरका परिकल्पनाकार स्व. खड्ग बहादुर सिंहको सपना साकार पार्ने जिम्मेवारी नयाँ पुस्ताको काँधमा रहेकाले सबै नगरबासीले यो नगरको उन्नति र समृद्धिका लागि इमानदार भएर टीकापुरलाई माया गर्नुपर्ने खड्ग मेमोरियल सेकेन्डरी स्कुलका प्रधानाध्यापक हिरव्य शर्माले श्रद्धाञ्जली कार्यक्रममा बताएका थिए ।


प्रकाशित : २०८२ पुष १५ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप