लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

‘हामी कहाँ चुक्याैं त ?’ भिम श्रीपाईली

२०८१ सालको एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा सार्वजनिक भएसँगै टिकापुर नगरपालिकाका विद्यालयहरुको नतिजा मिश्रित देखियाे। टीकापुर बाट परीक्षा दिने कुल १६०९ विद्यार्थी मध्ये केवल ७९० जना अर्थात ४९.१०% विद्यार्थी मात्र ग्रेडेड भए भने ८१९ जना (५०.९०%) विद्यार्थी ग्रेडेड हुन सकेनन्।

सामुदायिक विद्यालय तर्फ ९७१ जनाले परिक्षा दिएका मध्ये २८५ जना उत्तीर्ण भएका छन भने ६८६ जनाले पुनः परिक्षा दिनुपर्नेछ । यस नतिजाले सरकारी विद्यालयको शिक्षाको गुणस्तरमा गम्भीर प्रश्न उठाएको छ। विद्यार्थीको कमजोर नतिजाले शिक्षक अभाव, पठनपाठनको असुविधा, र अभिभावकको चासोको कमीजस्ता समस्यालाई उजागर गरेको छ ।

यस्तो चिन्ताजनक नतिजाले शिक्षा क्षेत्रमा सुधारात्मक कदम चाल्नुपर्ने देखिन्छ । सामुदायिक विद्यालयमा राम्रो भवन निर्माण र सुविधा मात्र होइन शिक्षाको गुणस्तर र शिक्षण सिकाई प्रकृया पनि मजबुत बनाउनुपर्ने देखिन्छ । यहाँ महत्त्वपूर्ण कुरा के हो भने शिक्षाक्षेत्र सुधारका लागि एउटा पक्ष मात्रै लागेर हुँदैन । शिक्षाकोस्तर सुधार्न सबैको भुमिका उत्तिकै रहन्छ । तथापि शिक्षककाे अलिक बढि हुनसक्छ ।

त्यसैले सबैले आफूले गर्नुपर्ने र गर्न सक्ने सहयोग गर्न जरुरी छ । यो भएन त्यो भएन भन्दा पनि कहाँ गल्ती भयो र कमजोरी कहाँ छ त्यो पत्ता लगाएर सकारात्मक तरिकाले सबै अघि बढ्न जरुरी छ । तब मात्र शिक्षाको गुणस्तर र बालबालिकाको भविष्य उज्ज्वल हुन्छ ।

एसईई परिक्षामा जनता रामावि बैदिकाे विद्यार्थी कम पास भएको भनेर सामाजिक सञ्जालमा चासो ,चिन्ता ,सराेकार र खिसि टिउरि गरेको देखियो तथापि यसलाई समाजमा अन्य पक्षका व्यक्तिहरुलाई चिन्ता रहेछ भनेर बुझ्नुपर्छ । चाहे पुर्व विद्यार्थी ,चाहे सामाजिक अगुवा ,अभिभावक सबैलाई यस ठाउँको बारेमा माया ,चिन्ता र चासो छ अर्थात सबैलाई चिन्ता छ ।

अब कुरा गराैं धरातलमा रहेर अर्थात टिकापुर ७ बैदि स्थित जनता राष्ट्रिय माविको सुधारको लागि केही वर्ष देखि प्रयास नभएका होइनन् तथापि ती प्रयास एकतर्फी भएका छन् ।
सर्वपक्षीय चासो रहेको यस विषयमा निरपेक्ष रहन नसकि केही कुरा राख्न आवश्यक छन् ।

विद्यालय सुधारका लागि गर्नुपर्ने केही विशिष्ट सुझावहरु :
१) जनशक्ति राख्दा,विविध समिति गठन गर्दा राम्रो होइन हाम्राेलाई प्राथमिकता दिनु ।
२) पद लिने बेलामा स्पर्धा गर्नु पद पाए पछि लागि समय दिन नसक्नु ।
३) व्यवस्थापन र प्रशासनले सबैलाई समान व्यवहार नगर्नु ।
४) राजनीतिक दलका कार्यकर्ता जस्तै बन्नु ।
५) भाैतिक संरचना लाई मात्र महत्त्व दिनु ।
६) वर्जित गरिएका पदार्थ विद्यालय नजिक सजिलै उपलब्ध हुनु ।
७) कामको बहानाबाजी बनाइ कार्यालय समयमा र निजि काम गर्नु ।
८) टिम वर्ककाे भावना नहुनु ।
९) फरक मत राख्ने प्रति संवाद ,छलफल र सहकार्य नगर्नु ।
१०) विद्यालय केही जनाको योजनामा मात्र चल्नु ।
११) काममा होइन शक्तिको चाकरी र प्रशंसामा विस्वास गर्नु ।
१३) चन्दा ,स्वयंसेवकका रुपमा र झ्यालबाट छिरेकाले अवसर पाउनु, तथापि प्रतिस्पर्धा बाट आएका अवसर बाट बिमुख बनाउनु ।
१४) जबजब एसइई परिक्षाकाे नतिजा सार्वजनिक हुन्छ अनि मात्र विद्यालयकाे बारेमा सामाजिक सञ्जालमा बहस हुनु ।
यो आलोचना ,चिन्ता ,सुझाव त वर्षेनी आउँछन् । यो वर्ष पनि आयो आउनुस प्रश्नै प्रश्न मात्रै नगराैं । कहाँ नीर हामी सबै चुक्याैं समिक्षा गराैं ।
अब जाउँ शिक्षकका तर्फबाट गर्न सक्ने कुरामा :
१.शिक्षक मात्र होइन, सबै पक्ष जिम्मेवार छन् ।
शिक्षाको सुधार केवल शिक्षकको “सच्चिने” वा नसच्चिनेमा भरपर्छ भन्ने धारणा अधुरो हो ।

२. शिक्षक सच्चिनु भनेको के हो ?
– समयमै विद्यालय पुग्नु
– ईमानदार भएर ४५ मिनेट अध्यापन गर्नु
– आफूलाई निरन्तर अपडेट गर्नु (तालिम, प्रविधि, पठनपाठन शैली)
– विद्यार्थीलाई प्रेरणा र मार्गदर्शन दिनु
३. कहिले सच्चिने त शिक्षक ?
तब सच्चिन्छन् शिक्षक जब:
– उनीहरूको पेशालाई समुदायले सम्मान गर्छ ,तालिम र प्रवर्द्धनकाे समान अवसर दिन्छ ।
– नैतिक मूल्य र प्रेरणाबाट हौसला मिल्छ ।
समाजले शिक्षकलाई दोष मात्र होइन, साथ दिन्छ ।
४.तर केही शिक्षकले गलत गरिरहेका छन् भने ?
त्यस्ता शिक्षकलाई सुधार्नका लागि:
–अनुगमन प्रणाली कडाइका साथ लागू गर्ने ।
दण्ड र पुरस्कारको स्पष्ट व्यवस्था हुनुपर्छ ।
–शिक्षक छनोट प्रक्रियाकाे गुणस्तरमा सम्झौता हुनु हुँदैन । दल निकट र आफन्त हेर्नु हुँदैन ।
–शिक्षकलाई सुधारको वातावरण, प्रेरणा, अवसर र सम्मान दिइयो भने। आलोचना मात्र होइन, सहयोग आवश्यक छ।
“अनि अभिभावक कहिले सच्चिने ?” शिक्षा सुधारमा अभिभावकको भूमिका निर्णायक हुन्छ। शिक्षक मात्रैले सुधार ल्याउन सक्दैनन्, जबसम्म घरबाटै शिक्षा र अनुशासनको सही थालनी हुँदैन।
१. अभिभावक सच्चिनु भनेको के हो ?
बालबालिकाको शिक्षामा सक्रिय चासो देखाउनु
विद्यालयसँग समन्वय गर्नु विविध बैठकमा सहभागी हुनु, घरमा पनि पढाइको वातावरण बनाउनु ,बालबालिकाको मोबाइल/इन्टरनेट प्रयोगमा निगरानी राख्नु , शिक्षक र विद्यालयप्रति सम्मान जनाउनु, सामाजिक र नैतिक शिक्षामा पनि ध्यान दिनु
२.अभिभावक तब सच्चिन्छन्, जब: उनीहरूले
– शिक्षालाई लगानी होइन, भविष्यको निर्माण ठान्छन् ।
–बच्चा विद्यालय गएको मात्रै होइन, के पढ्दैछ, के सिक्दैछ भनेर चासो राख्छन् ।
– विद्यालयलाई दोष दिनेभन्दा पहिला आफ्नो भूमिका पनि हेर्छन् ।
–मोबाइल, टिभी र सोशल मिडिया भन्दा शिक्षामा समय दिन प्रेरित गर्छन् ।
३. अहिलेको समस्या के देखिन्छ ?
धेरै अभिभावकले शिक्षकलाई दोष दिने तर आफैं चासो नदिने प्रवृत्ति । केहि अभिभावक बच्चालाई मात्र दोष दिन्छन्, तर घरमा अनुशासन छैन । पढाइमा भन्दा पनि “कमाई कहिले गर्छ ?” भन्ने चिन्ता बढी देखिन्छ । शिक्षामा लगानी गर्न नचाहने तर स्तरीय शिक्षा पनि त्यहीँ माग गर्छन् ।
४. अभिभावक सुधार गर्न के गर्नुपर्छ ?
– अभिभावकले मासिक रूपमा बालबालिकासँग के सिके, के बुझेन भनेर संवाद गर्नु ।
– विद्यालयको भेलामा नियमित सहभागी हुनु घरमै पढ्ने बानी बसाल्ने वातावरण बनाउनु बच्चालाई डर होइन, प्रेरणा र आत्मविश्वास दिनु ।
– शिक्षकसँग सहकार्यको भावना राख्नु ।
– शिक्षामा सुधार तब सम्भव हुन्छ, जब अभिभावकले आफूलाई पनि घर भित्रकाे “शिक्षक” ठान्छन् । उनीहरू सच्चिए भने बच्चा सच्चिन्छ, बच्चा सच्चिए भने समाज सच्चिन्छ, अनि शिक्षा पनि।

अब विद्यार्थिले गर्ने भूमिका :
–सिक्ने भावना राख्ने
– परीक्षा पास गर्न होइन, ज्ञान प्राप्त गर्न पढ्ने बानी बसाल्ने ।
– कक्षामा ध्यान दिने, प्रश्न सोध्ने, बहसमा भाग लिने जस्ता सिकाइ गर्ने ।
–अनुशासित र नियमित हुने
– विद्यालयको नियम पालना गर्ने
– गृहकार्य समयमा गर्ने
– मोबाइल भन्दा पढाइलाई प्राथमिकता दिने
–म केमा कमजोर छु ? भन्ने कुरा बुझ्ने
–अनि सुधार गर्न प्रयास गर्ने
–शिक्षकप्रति सम्मान जनाउने
– अभिभावकको सुझावलाई महत्त्व दिने
– समस्या परे खुलस्त कुरा गर्ने
– सकारात्मक सोच राख्ने
– असफल भए पनि निराश नभइ, आत्मविश्वास र धैर्य राख्ने
विद्यार्थी सुधारिए भने के हुन्छ ?
–शिक्षकलाई पढाउन सहज हुन्छ ।
–विद्यालयको शैक्षिक स्तर बढ्छ ।
–समाजमा जिम्मेवार नागरिक उत्पादन हुन्छ ।
– शिक्षामा सुधार तब सम्भव हुन्छ, जब विद्यार्थी “सीप सिक्नेमा सहभागी” मात्र होइन, त्यसका “नेता” बन्न तयार हुन्छ।
अनि सामाजिक अगुवाको भूमिका :
–शिक्षाको महत्त्वको बारेमा सचेतना फैलाउने
– जनसमुदायलाई शिक्षा केका लागि आवश्यक छ भन्ने विषयमा जनचेतना फैलाउने ।
– बालबालिकालाई विद्यालय पठाउने अभियानमा नेतृत्व लिने ।
– विद्यालयमा आवश्यक पूर्वाधार, स्रोत र सहयोग जुटाउन अगुवाइ गर्ने ।
– शिक्षक र अभिभावकबीच संवाद सहज बनाउने
– उत्पन्न समस्या समाधानमा मिलाउने भूमिका निर्वाह गर्ने ।
–योजना तथा नीति निर्माणमा शिक्षा अनुकूल आवाज उठाउने ।
– बालमैत्री र गुणस्तरीय शिक्षाका पक्षमा पैरवी गर्ने
– शिक्षाको माध्यमबाट सफल भएको उदाहरण प्रस्तुत गरेर युवालाई प्रेरित गर्ने ।
–विद्यालयका विविध गतिविधिमा सहभागी हुने
– सामाजिक अगुवा निष्क्रिय भए भने के हुन्छ ?
–अभिभावक विद्यालयप्रति चासो नलिन सक्छन्
– शिक्षक हतोत्साहित हुन्छन् ।
–विद्यालय जनसम्पर्कहीन हुन्छ ।
–शिक्षा सुधारमा स्थानीय सहभागिता घट्छ ।
आउनुहोस् केही सुधार हुँदैछ अब थप बल दिन हामी सबै हातेमालो गर्न लाग्ने कि । आगे तपाईंको मर्जि ।इति ।


प्रकाशित : २०८२ असार १६ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप