लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

अफ्रिकन स्वाइन फिभरले भजनीका एक किसानको बङ्गुर पालन व्यवसाय बन्द

सत्ति / भजनी नगरपालिकामा एक जना किसानले पालेका बङ्गुर नष्ट गरीएको छ । बङ्गुरमा अफ्रिकन स्वाइन फिभरले सङ्क्रमण भएपछि भजनीका जय बुढाले पालेका बङ्गुर नष्ट गरीएको हो । स्वाइन फिभरका कारण सङ्क्रमित ७० बङ्गुर लाई आज नष्ट गरी गाडिएको छ । पालिकाका नगर प्रमुख सहितको उपस्थितिमा बङ्गुर नष्ट गरीएको छ ।

यस अघि ४ सय १२ बङ्गुर मरिसकेका छन् । सङ्क्रमण कारण ९५ लाख २० हजार क्षति भएको जनाएको जयले दुखेको पोखे । बैङ्कबाट ऋण लिएर व्यवसाय गरेका उनले सङ्क्रमण कारण बङ्गुर सबै नष्ट गर्नुपरे पछि पीडा भएको बताएका छन् ।

अब व्यवसायबाट विस्थापित हुनु परेको उनले बताएका छन् । बडी मालिका कृषि प्रवर्धन केन्द्रका सञ्चालक बुढा व्यवसाय बन्द भएपछि पुनः व्यवसाय गर्न सक्ने अवस्था नभएको उनले बताए । आम्दानीको माध्यम समाप्त हुँदा बैङ्कको ब्याज र किस्ता कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको उनले बताए । अब त राहत पाइन्छ कि भनेर आस गरेर बस्नु बाहेक अरू विकल्प नरहेको जयबहादुर बुढाले बताए । असोज पहिलो साता बाट फार्ममा बङ्गुर मर्न थालेपछि पशुपक्षी अन्वेषण प्रयोगशाला धनगढी र केन्द्रीय प्रयोगशाला काठमाडौँमा प्रयोगशाला परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको हो ।

बङ्गुरमा महामारी रोग फैलिन नदिन उक्त क्षेत्र सिल गरिएको थियो । भजनी नगरपालिकाले प्रदेश तथा सङ्घीय सरकारमा सहयोगका लागि सिफारिस गर्ने निर्णय गरेको छ । कात्तिक १५ गते पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढी र केन्द्रीय प्रयोगशाला काठमाडौँमा यो रोग देखिएको हो । बङ्गुर प्रजातिमा देखा पर्ने यो रोग केही वर्ष पहिला अमेरिका र त्यसपछि चीनमा देखा परेको थियो । यसका कारण बङ्गुर मर्न थालेपछि गृह सचिव विनोदप्रकाश सिंह, पशु सेवा विभाग काठमाडौँ डा.मुकुल उपाध्याय, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका डा नरेशप्रसाद जोशी, भेटेरिनरी अस्पताल कैलालीका डा हेमराज अवस्थी समेतले स्थलगत अनुगमन गरेका थिए ।


प्रकाशित : २०७९ मंसिर १३ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप