लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

थारु समुदायकी पहिलो पाइलट महिला सम्मानित

सत्ति /  थारु समुदायबाट पहिलो पाइलट महिला बन्न सफल कैलालीकी टीका चौधरीलाई आज( बिहीबार) धनगढीमा सम्मान गरिएको छ । धनगढी स्थित बातचित घरले चौधरीलाई सम्मान गरेको हो । बातचित घरका बरघरिया ठाकुर करिया प्रधानले चौधरीलाई सम्मानपत्र हस्तान्तरण गरे। धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँकी २१ वर्षीया चौधरीले दक्षिण अफ्रिकाबाट प्राइभेट पाइलटको लाइसेन्स प्राप्त गर्नु भएको छ ।

यद्यपि, पाइलट तालिम पूरा गर्नका लागि उनले अझै एक सय घण्टाको एकल उडान बाँकी रहेको छ । आफूले पाइलट तालिम पूरा गर्न अझै छ महिना सम्म लाग्न सक्ने चौधरीले बताईन।

बिदामा आएकी उनले पाइलट तालिम गाह्रो रहने गरेको उल्लेख गर्दै आफूले हिम्मत, संघर्ष गरेर तालिम पूरा गर्ने क्रममा रहेको उल्लेख गरिन्। थारु समुदायबाट चौधरीले पाइलट बन्नु सिङ्गो समुदायका लागि गर्वको विषय रहेको बातचित घरका बरघरिया करिया प्रधानले बताए।


प्रकाशित : २०८२ पुष १० बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप