लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बाघ नियन्त्रणमा ,बेपत्ता भयकी महिलाको शव भेटियो

सत्ति / कञ्चनपुरको बेलौरी नगरपालिका ८ खप्टी खोला नजिक शुक्रबार देखि आतंक फैलाउने बाघलाई नियन्त्रणमा लिइएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली , शुक्लाफाँटा वन्यजन्तु आरक्ष , वन डिभिजन कार्यालय , वनकर्मीको हात्ति सहित गएको टोलीले बाघलाई नियन्त्रणमा लिइएको सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश कुमार यादवले बताए ।
बाघलाई प्राबिधिक टोलिले बेहोस पारेर नियन्त्रणमा लिइ शुक्लाफाँटा वन्यजन्तु आरक्षमा लगिएकोअधिकृत यादवले बताए ।
बाघ भाग्न नदिन शुक्लाफाँटा वन्यजन्तु निकुञ्ज को हात्ती सहितको टोलि , नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयले सो क्षेत्र घेराबन्दी गरेका थिए ।
बेलौरी-बेलडाँडी हुलाकी राजमार्ग स्थित मानव बस्ती नजिकै पसेको बाघले शुक्रबार बेलौरी ८ कि ४५ वर्षिय गंगा चन्द माथी आक्रमण गरेको थियो ।
बाघको आक्रमणमा परि बेपत्ता भएकी ४५ वर्षिय चन्दको शब बिहान ९:३० बजे घटना स्थल भन्दा केही पर भेटियको सहायक वन अधिकृत यादवले बताए ।
अहिले मृतकका आफन्त र , नेपाल प्रहरी र बन कर्मचारीले घट्नास्थल मुचुल्का बनाइ शबलाई आफनतको जिम्मा लगाइने यादवले जानकारी दिए। सो क्षेत्रमा बाघले आतंक मच्चाउन थालेपछि स्थानिय त्रसित बनेका थिए ।


प्रकाशित : २०८० बैशाख ९ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप