लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जानकि गाउँपालिकाकाे बागडोर सम्हाल्न पत्रकार गणेश चाैधरि तम्तयार ।

सत्ति / स्थानीय तहको ३० गते हुने निर्वाचनका लागि कैलालीको जानकी गाउँपालिकामा अध्यक्ष पद्को लागि कान्तिपुर दैनिकमा विगत दुई दशक देखि कार्यरत गणेश चौधरी तम्तयार रहेका छन् ।
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट चौधरीले जानकि गाउँपालिकाकाे अध्यक्षमा चुनाव लड्दै छन् ।
राजनीतिक दल विशेष गरी काङ्ग्रेस,एमाले, माओवादी केन्द्रले राम्रो काम गर्न नसकेका कारण राम्रो गर्ने उद्देश्यका साथ आफूले राजनीतिमा हात हालेको चौधरीले बताए ।
‘दलले राम्रो काम गरि दिएको भए पत्रकारिता गरिरहेको व्यक्ति राजनीतिमा आउनु पर्दैनथ्यो’, उनले दावी गरे उत्पीडनमा परेका सबै जाति, समुदायलाई न्याय दिलाउनका लागि आफू राजनीतिमा लागेको हो उनलेे बताए ।
‘टीकापुर घटनाकै बेला हेर्ने हो भने भदौ ७ गतेको घटनालाई आपराधिक बनाइयो र त्यसको प्रतिसोधमा ८ गते भएको घटनालाई आपराधिक देखिएन’ उनले भने । राज्यले जुन विभेद गरिरहेको छ । त्यो विभेद, अन्याय, अत्याचार विरुद्ध न्यायका लागि म राजनीतिमा लागेको हो ।
पहिचानको मुद्दालाई सबैभन्दा पहिले माओवादी पार्टीले उत्थान गरेको थियो । तर, सो मुद्दालाई माओवादीले बिर्सिसकेको उनकोे बुझाइ छ । माओवादीले छोड्दै गइरहेको पहिचानको मुद्दालाई अब नागरिक उन्मुक्ति पार्टीले अघि बढाउने पत्रकार चौधरीले बताए । टिकापुर क्षेत्र बाट कान्तिपुरका लागि कार्यरत पत्रकार चाैधरिले टिकापुर घटनाको बारेमा पुस्तक लेखेका छन् ।
गाउँपालिका भित्र विकेन्द्रीकृत विकास ,शिक्षा ,संस्कृति ,सामाजिक सुरक्षा , कृषि ,स्वास्थ्य ,युवा तथा खेलकुद ,महिला बालबालिका तथा ज्येष्ठ नागरिक ,सुशासन ,पर्यटन र वातावरणमा घाेषणा पत्रमा उल्लेख भए बमोजिम अक्षरश: पालना गर्ने प्रतिवद्ता उनले बताए ।
गाउँ पालिका भित्रकाे समस्या लाई पत्रकारको आँखाले मिहिनरुपमा नजिक बाट हेरेको थारु समुदाय बाट शिक्षित ,शालिन उम्मेदवार पनि भएकोले नागरिक उन्मुक्ति पार्टी बाट पालिका अध्यक्षमा उम्मेदवारी दिएका गणेश चाैधरिले जित हासिल गर्ने अवस्था रहेको पार्टीका प्रचारप्रसार समिति संयाेजक ललित ताम्राकारले दावी गरे । अन्य दलको तडकभडक पुर्ण प्रचार शैली भन्दा फरक तरिकाबाट आक्रमक प्रचार शैली अपनाएको ताम्राकारले बताए ।
देशकै स्थापित मिडियामा लामो समय पत्रिकारिता गरेका पत्रकार गणेश चाैधरिले जानकि गाउँपालिका जातीय ,भेकिय, र क्षेत्रीय नाराले विभाजित समुदाय लाई जाेड्न सक्ने क्षमता भएको उम्मेदवारका रुपमा हेरिएको जानकि ३ का भाेजराज चाैधरिले बताए ।


प्रकाशित : २०७९ बैशाख २२ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप