लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

भन्सार विनाको तीन लाख बराबरको अवैध सामान पक्राउ

सत्ति / नेपाल प्रहरीले विना भन्सारको सामान पक्राउ गरेको  छ ।
प्रहरी चाैकि कालाकुण्डाका इन्चार्ज डेनि स्वाँरकाे नेतृत्वमा गएको गस्ती टाेलिले टिकापुर ८ बटनपुर क्षेत्र बाट शुक्रबार बिहान डेढ बजे भन्सार विनाका सामान नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ । प्रहरीले सामान सहित सामान ओसार्न प्रयोग भएको बयल गाडा ( डन्लप) ,एक हल गाेरु र साथमा टिकापुर ८ कालिमाटी बस्ने वर्ष ४० का शंकर साउँदलाई पक्राउ गरेको प्रहरी चाैकि कालाकुण्डाका इन्चार्ज सइ डेनि स्वाँरले जानकारी दिए ।
भन्सार छली चोरी निकासी गरि बयलगाडामा ल्याउदै गरेको सामानमा स्टिलको बाटा थान ९, बाल्टिन थान १२८, डाडु पन्यु थान ९४, टिफिन डिब्बा थान १२०, फलामको तावा थान २५, पाइन्टको चैन थान १२०, काँसको थाल थान ४६, ईलेक्ट्रोनिक आईरन थान ३० र धातुको मेडल थान ६०० गरि दुई लाख उनासी हजार तीन सय पचास रुपैयाँ बराबरको सामान बरामद गरी उक्त सामान र गोरु गाडा सहित निज शंकर साउँदलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सत्तीमा पठाईएको जानकारी इन्चार्ज स्वाँरले दिए ।
साथै विअाेपि खक्राैलाले पनि गएराति भन्सार विनाको सामान पक्राउ गरेको बताइएको छ ।
प्रहरी चाैकि कालाकुण्डाकाे कमान्ड सम्हालेका इन्चार्ज डेनि स्वाँरले निरन्तररुपमा अवैध सामान पक्राउ गरेकाे स्थानीय बासिन्दाकाे भनाइ छ ।


प्रकाशित : २०७९ फाल्गुन १९ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप