लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुर नगरपालिका–७ का अध्यक्ष न्याैपाने सहित सदस्यले गरे पदभार ग्रहण

सत्ति /  टिकापुर नगरपालिका वडा–७ का नवनिर्वाचित अध्यक्ष यज्ञ न्याैपाने सहित वडा सदस्यले पदभार ग्रहण गरेका छन् । यही वैशाख ३० गते सम्पन्न स्थानीय तहको माओवादी केन्द्रको तर्फबाट विजयी बनेका न्याैपाने सहित निर्वाचित पदाधिकारीले बुधवार पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहण पछि टिकापुर –७ ,मा रहेको भानु सामुदायिक पुस्तकालयको सभा हलमा बधाई ज्ञापन कार्यक्रममा वडा नम्बर ७  का वडा अध्यक्ष यज्ञ न्याैपाने महिला सदस्य कैलापति चौधरी, दलित महिला सदस्यमा आइतिदेवि सुनार , अभिमन्यु चौधरी र राजकुमार चाैधरिले संयुक्त रूपमा पदभार ग्रहण गरेका हुन ।
पदभार ग्रहण कार्यक्रममा गत स्थानीय चुनावमा वडा नम्बर सात बाट वडा अध्यक्ष पदका उम्मेदवार नरेश्वर धमाला, हरि कुमार कार्की ,सामाजिक अगुवा धर्म घर्ती , मनिराम ढुंगाना, नन्द बाेहरा र हेमराज भट्टराईले मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन सुदुर सन्दर्भ डटकमका निर्देशक भिम विकले गरेका थिए । कार्यक्रमका वक्ताहरुले जनताले मत दिएर जितेको अब वडाको विकास गरेर जनताको मन जित्नुपर्ने सुझाव दिएका थिए ।


प्रकाशित : २०७९ जेष्ठ ११ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप