बेलुवा – टिकापुर नगरपालिका वडा नं. ७ बेलुवामा रहेको सुनसुनिया ग्रामीण विद्युत सहकारी संस्थाले गत आर्थिक वर्ष भन्दा चार गुणाले आफ्नो खुद नाफा बढाएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा ५७ हजार ५ सय ७७ रुपैयाँ ८३ पैसा खुद बचत गरेको थियो भने सहकारी संस्थाले आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्म चार गुणा वृद्धि गर्दै २ लाख ३३ हजार ६ सय ६१ रुपैयाँ २६ पैसा खुद नाफा गरेको छ ।
शनिबार सहकारी संस्थाको चाैधाैं वार्षिक साधारण सभाको कार्यक्रममा संस्थाको आर्थिक र लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका व्यवस्थापक सुनिता चाैधरिले सहकारी संस्थाले आर्थिक वर्ष २०७६/०७७ भन्दा आर्थिक वर्ष २०७७/०७८ मा चार गुणा बढी नाफा गरेको विवरण प्रस्तुत गरिन् । उनले गत आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा संस्थाको काराेबारमा वृद्धि भएकोले नाफा बढेको बताइन् ।
सहकारी संस्थाका अध्यक्ष पहलवान चाैधरिकाे अध्यक्षतामा आयोजित कार्यक्रमकाे प्रमख अतिथि टिकापुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामलाल डगाैरा थारु रहेका थिए भने विशिष्ट अतिथिमा टिकापुर नगरपालिका वडा नम्बर ६ का कार्यवाहक वडा अध्यक्ष रामशंकर डगाैरा रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थारुले सहकारी भनेको उपभोक्ताकाे बलियो खम्बा भएको बताए ।
उनले सहकारीले शेयरसदस्यलाई कृषिमा अघि बढाउन खेत खेतमा विजुलिका पाेल राखेर सहुलियतरुपमा सिंचाइका लागि कार्यक्रम अगाडी बढाउनुपर्नेमा जाेड दिए । उनले स्थानीय सरकारले पनि किसानको समस्या उजागर गर्नका लागी पहल गरिरहेको बताए । किसानहरुको खेतीका समयमा मल नपाउने समस्या केन्द्र सरकारकाे ढिलाइले भएको बताए ।
यसैगरी वक्ताहरुले ग्रामीण विद्युत सहकारी भए तापनि मल बिक्रीको पनि काम गर्ने भएकोले सहकारीले कृषि क्षेत्रलाई विशेष महत्वका रुपमा हेर्नुपर्ने बताए । उनले किसानलाई समयमै बिउ उपलब्ध गराउने तथा मल उपलब्ध गराउनतिर सहकारी अग्रसर रहनुपर्ने बताए ।
२०६३ सालमा स्थापना भएको सहकारी संस्थामा हाल ५ सय ११ जना शेयरसदस्य र ४ लाख ७४ हजार ७ सय ८५ शेयरपुजिँ रहेको संस्थाका अध्यक्ष पहलवान चाैधरिले बताए ।
कार्यक्रममा पुर्व सचिव लालविर चाैधरि र नियमितरूपमा महसुल तिर्ने ५ जना शेयरसदस्य लाई सम्मानित गरिएको थियो । कार्यक्रममा वडघर महेन्द्र चाैधरि,श्रीपाल चाैधरि, भाेसु चाैधरि,गिता चाैधरि, कैलाशपति चाैधरि, सुगालि चाैधरि र पत्रकार भिम वि. क. ले मन्तव्य राखेका थिए ।










समाचार 