धनराज शाही ,बेलुवा / टीकापुर ६ मा बालमैत्री स्थानीय शासन सम्बन्धि सूचकको प्रगति तथा समिक्षा अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । 
टीकापुर नगरपालिकाकाे वडा नम्बर ६ लाई बाल मैत्री स्थानीय शासन वडा घोषणाका लागी ५१ वटा सूचक मध्ये कुनकुन सुचकमा के कति प्रगति रहेकोे छ भन्ने बारेमा छलफल भएको थियो ।
बालमैत्रि वडा घाेषणाका लागि स्थानीय संघसंस्था ,विद्यालय,स्थानीय तह,स्वास्थ्य संस्थाले समन्वय गरेर अघि बढेमा छिटो बालमैत्री वडा घोषणा गर्न सकिने बताइएको थियो ।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष बलिराम चौधरीले गरेका थिए भने ५१ वटा सूचकको बारेमा बाल कल्याण संघ टिकापुरका बाल संरक्षण अधिकृत पदमराज भट्टले जानकारी दिएका थिए ।
टीकापुर ६ को आयोजनामा संचालित कार्यक्रममा बाल कल्याण संघ टीकापुरले सहजिकरण रहेको थियो।










समाचार 