खक्राैला/ टीकापुर ९ खक्राैलाबाट प्रहरीले २४ ग्राम खैरो हिरोइन सहित एक युवालाई पक्राउ गरेको छ ।
प्रहरी चाैकि कालाकुण्डाले टीकापुर १ का २५ वर्षीय सुरज चौधरीलाई २४ ग्राम खैरो हिरोइन सहित आइतबार दिउँसो १२ बजे पक्राउ गरेको जनाएको छ। भारतीय सीमाबाट साइकलमा ल्याइरहेको आलुको बोराभित्र चौधरीले लुकाई छिपाई २४ मिलिग्राम लागुऔषध खैरो हिराइन ल्याइरहेका बेला कालाकुण्डा प्रहरीले खक्रौला चेकपोष्टमा चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चौधरीले आलुको १ बोरा भित्र दुई वटा आलुकाे दाना भित्र काटेर लुकाई छिपाई ल्याई रहेका थिए ।
उनी विरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा चलाउने प्रहरीले प्रक्रिया अघि बढाउने भएको छ ।










समाचार 