सत्ति / टीकापुरमा लोयल ई.भी.चार्जिङ सेन्टर शुक्रबार देखि संचालनमा आएको छ ।

पछिल्लो समयमा निजी तथा सार्वजनिक सवारीसाधनमा विद्युतीय गाडीकाे प्रयोगमा बढाेत्तरि हुँदै गरेको अवस्था लाइ लक्षित गर्दै व्यवसायी रमेश विश्वकर्माले फास्ट चार्जिङ सेन्टर सञ्चालनमा ल्याएका हुन् ।
टीकापुर बजारको मुख्य खडक चोकबाट नजिकै सिद्धार्थ बैंक पछाडि रहेको घरमा १६ लाख रुपैयाँको लागतमा फास्ट चार्जिङ सेन्टर संचालन गरेको विश्वकर्माले जानकारी दिए । ‘विद्युतीय गाडीको माग बढ्दै जाँदा टीकापुरमा पनि फास्ट चार्जिङ सेन्टर सञ्चालनमा ल्याएकाे विश्वकर्माले बताए ।
टीकापुरबाट धनगढी, महेन्द्रनगर, नेपालगञ्जमा सञ्चालित सार्वजनिक यातायात र निजी गाडीलाई समेत सहजता हुने छ।’
चार्जिङ सेन्टरमा एकैपटक दुई गाडीलाई चार्जिङ गर्न सकिन्छ भने एउटा गाडी चार्ज हुन ४० मिनेट समय लाग्ने बताइएको छ ।










समाचार 