लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

शितरलहरले तराईको जनजिवन प्रभावित

सत्ति / पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तराईमा कैलाली र कञ्चनपुरमा बिहानैबाट शीतलहर सुरु भएको छ । जाडो अत्याधिक बढेको छ । सर्बसाधारण घरभन्दा बाहिर निस्कन सकेका छैनन् । बजार क्षेत्रमा भिडभाड पातलिएको छ ।
हिजो मौसम सफा थियो । बिहानैबाट एकाएक मौसम फेरिएको हो । पश्चिमी न्यून चापीय प्रणालीका कारण फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यो प्रणालीका कारण आज केही ठाउँमा र भोलि तथा पर्सि भने देशका धेरै ठाउँमा वर्षा हुने मौसमविद्को भनाई छ ।

मौसमविद् बरुण पौडेलकाअनुसार आज गण्डकी र प्रदेश १ का एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । रातिदेखि भने सुदूरपश्चिम प्रदेश हुँदै पश्चिमी न्यून चापीय प्रणाली भित्रने भएकाले रातिदेखि नै पश्चिमी क्षेत्रको मौसम बद्ली भई पानी पर्ने उनले जानकारी दिए । सुदूरपश्चिम हुँदै देशैभर फैलिने भएकाले भोलि सुदूरपश्चिम सहित कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश १ का धेरैजसो ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।
उच्च पहाडी र हिमाली जिल्लामा पनि हिमपातको सम्भावना छ भने तराई र पहाडी जिल्लामा मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद् पौडेलले बताए । पर्सि पनि हिमपात र वर्षाको सम्भावना छ । शनिबार भने मौसममा केही सुधार आउन सक्ने सम्भावना छ । मौसम बद्लीसँगै वर्षा र हिमपात हुने भएकाले चिसो अझै बढ्ने छ । अहिले पनि देशका धेरै ठाउँमा हुस्सु लागेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा तथा वाग्मती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ ।
शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
शनिबार गण्डकी प्रदेश, वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनुको साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ ।


प्रकाशित : २०७८ माघ १९ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप