बैदि / एउटा शिक्षक ४० वर्ष एउटै विद्यालयमा कार्यरत रहनु आश्चर्यको विषय हो । त्यसैमा केही वर्ष प्रधानाध्यापकको जिम्मेवारी सहितको शिक्षक । उनै शिक्षकलाई विद्यालय परिवार र समुदायले सम्मान सहित विद्यालयबाट विदाइ गरेको छ । 
त्यसरी एउटै विद्यालयमा चालिस वर्ष शिक्षक सहितको प्रधानाध्यापकको जिम्मेवारी पूरा गरेर अनिवार्य अवकाश पाएका जयविर झालाई समुदायले भव्य विदाइ गरेको हो । मनरा सिसवा नगरपालिका वडा नम्बर ४ साँढा महाेत्तरि स्थायी घर भइ कैलालीको टिकापुर ७ मा रहेको जनता राष्ट्रिय माध्यमिक विद्यालयमा २०३९ माघ २० गते बाट शिक्षकको सेवा शुरु गरेका झाले सोही विद्यालयबाटै अवकाश लिएका हुन । 
झाकै प्रयासमा सो विद्यालय प्राथमिक तहबाट आधारभूत सम्म भएको थियो । झालाई फुलमाला सहित भव्य विदाइ गरिएको हो । म सँधै आफ्नो काममा जिम्मेवारपूर्वक लागिरहेँ, यति लामो समय विताएको पनि याद भएन तर त्यो कामको यसरी समुदायले नै मूल्यांकन गर्ला सोचकै थिएन झाले भने मैले यहाँ ४० वर्ष छ महिना यहाँ काम गरे ।
झा दैनिक एक घण्टा साइकलमा बाट स्कुल पुग्थे उनको अनुभव छ निक्कै जरुरी काम तथा विमारी भए बाहेकको समय म निरन्तररुपमा सँधै स्कुल गए, सँधै स्कुलको पठनपाठन र भौतिक प्रगतिमा लागिरहेँ त्यसैले पनि होला ४० वर्षसम्म मलाई स्थानीयले यही काम गर्न दिए । झालाई ७ नम्बर वडा स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालयमै शुक्रबार एक औपचारिक कार्यक्रम गरेर विदाइ गरिएको थियोे । कार्यक्रममा विद्यार्थी, शिक्षकको र अभिभावकको उपस्थिति रहेको थियो । शिक्षक झा लगायतका अन्य शिक्षकको बिदाइमा सबैका आँखामा आशु रसाएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाेविन्द काेइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि टिकापुर नगरपालिका वडा न ७ का अध्यक्ष यज्ञप्रसाद न्याैपानेले विद्यालय बनाउनमा झा सरकाे ठूलो योगदान गर्नुभयो, प्राथमिक विद्यालयलाई आधारभूत बनाएर जानुभयो, उहाँ त यहाँको मुख्य अभिभावक हो वडा अध्यक्ष न्याैपानेले वताए । उमेर हदका कारण अवकाश प्राप्त भइ विदाइ भएका शिक्षक जयविर झा संगै विगतका केही वर्ष अध्यापन गरेका शिक्षकहरु हरिसिंह शाही ,टंक प्रसाद देवकोटा ,धनंजय ढुंगाना र रुद्रप्रसाद अधिकारीलाई पनि सम्मान तथा विदाइ गरिएको थियो । 
साे कार्यक्रममा साे विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष पदम के. सि. पुर्व वि. व्य. स. अध्यक्ष नन्द बाेहरा, रेडक्रस नारायणपुरका सभापति टाेप बहादुर केसी , सामाजिक अगुवाहरु नरेन्द्र रेग्मी ,कल्पना ढुंगाना ,शिक्षक धनसरि काेइराला, टिकापुर नगरपालिका वडा नम्बर ७ का वडा सदस्य राजकुमार चाैधरि, विदाइ भइ गएका शिक्षक जयविर झा लगायतले मन्तव्य राखेका थिए ।
उनी संगै साे विद्यालयमा कार्यरत रहेझालाई शिक्षकहरुले मायाको चिनो स्वरुप डायरी ,दाेसल्ला ओढाएका थिए । भने कार्यक्रम संचालन विद्यालयका शिक्षक भिम बहादुर वि. क. ले गरेका थिए ।










समाचार 