लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जानकी गाउँपालिकाले सिकलसेल बिरामीको निशुल्क बीमा गर्दै

सत्ति / कैलालीको जानकी गाउँपालिकाले सिकलसेल बिरामीका घरपरिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी सिकलसेल रोग भएका व्यक्तिहरुलाई निवेदन पेश गर्न माग गरेको छ ।

सार्वजनिक सूचना अनुसार यही जेठ १८ गतेभित्र निवेदन पेश गर्न भनिएको छ । निशुल्क स्वास्थ्य बीमाका लागि गाउँपालिकामा स्थायी बसोबास हुनुपर्ने बताइएको छ । गाउँपालिकाले यसका साथै प्रमाण खुल्ने कागजात वा रोग प्रमाणित भएको प्रयोशगाला रिपोर्ट, वडा कार्यालयको सिफारिस, चिकित्सकको प्रमाणित कागजात र नागरिकता, राष्ट्रिय परिचय पत्र, जन्मदर्ता समेत निवेदन साथ संलग्न हुनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले एक जनाको बीमाले थप चारजनाको एक वर्षमा एक लाख रुपैयाँ बराबरको उपचार गर्न मिल्ने बताए । उनले स्वास्थ्य बीमा गरे वापत लाग्ने रकम सिकलसेल बिरामीका हकमा गाउँपालिकाले भुक्तानी गरिदिने जानकारी दिए । सूचनामा सबै वडा कार्यालयहरुलाई सिफारिस गरिदिन र स्वास्थ्य संस्थालाई समन्वयका लागि पहल गरिदिन भनिएको छ ।

गाउँपालिकामा २६ जना सिकलसेल रोगका बिरामी छन । यो संख्या बढ्न सक्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले जानकारी दिए । उनले स्वास्थ्य बीमा सहयोगी मार्फत थप बिरामीको पहिचानको पहल भइरहेको बताए । सिकलसेल अहिलेसम्म थारु समुदायका व्यक्तिहरुमा मात्रै देखिएको रोग हो । यो पश्चिम नेपालका कैलाली र कञ्चनपुरका धेरै व्यक्तिमा देखिएको छ ।

सरकारले सिकलसेल रोग भएका बिरामीहरुको लागि उपचार सुविधा प्रदान गर्दैै आएको छ । बिरामीहरु सरकारले प्रदान गर्दै आएको सुविधा प्रयाप्त नभएको गुनासो गर्दै आएका छन् ।


प्रकाशित : २०८२ जेष्ठ ५ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप