सत्ति / स्थानीय तहको निर्वाचन मात्रै एक हप्ता बाँकी रहे विभिन्न दलका उम्मेदवारले मतदाताको घरघरमा मत माग्न हिँडेका छन् । 
सबै उम्मेदवारले आ-आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। यसै बिचमा टिकापुर नगरपालिका वडा नम्बर ७ बाट कसले बाजि मार्ला भन्ने काैतुहलता मतदातामा चलिरहेको छ।
टिकापुर नगरपालिकामा मेयर ,उपमेयर र वडा नम्बर १ मा सत्तारूढ दल बिच गठबन्धन भए पनि अन्य वडामा भने स्वतन्त्र र मित्रवतरुपमा प्रतिस्पर्धा गर्ने भएको छ ।
७ नम्बर वडामा नेपाली काँग्रेस बाट पुराना पाका व्यक्ति हरिकुमार कार्कीले अध्यक्ष पदका प्रत्यासि रहेका छन् । कार्कीले सामुदायिक सहकारी सत्ति, भानु पुस्तकालय सत्ति ,जनजागृति युवा क्लब सत्ति लगायतका सामाजिक संघसंस्थाकाे नेतृत्व गरिसकेका र सादगि ,सरल र मिलनसार स्वभावका साथै पुराना व्यापारीक पृष्ठभूमि ( गल्ला व्यापारी ) र हाल केरा खेतीमा जमेका कारण कार्कीको किसानहरु संग प्रत्यक्ष सम्पर्क भएकोले उनलाई जित हासिलका लागि सहज हुने आंकलन गरिएको छ ।
कार्की परिवारले सत्ति बजार बसाएकाे र वडामा नेपाली काँग्रेस एक ढिक्का भएर चुनावमा हाेमिएकाे कारणले बजारको ७० प्रतिशत मत उनलाई आउने नेपाली काँग्रेस वडा नम्बर ७ का स्थानीय तह चुनावी प्रचारप्रसार समितिका संयाेजक पल बहादुर बस्नेतले दाबी गरे ।
सत्ति बजारका पुराना स्थापित परिवारका पृष्ठभूमिका कारण सत्ति बजारको मतदाताले यसपटक कार्कीलाई अधिकाँश मत जाने दावी बस्नेतकाे रहेको छ । 
यसका साथै यसपटकको स्थानीय तहको चुनावमा नेपाली काँग्रेस एक ढिक्का भएर चुनावमा हाेमिएकाे हुनाले वडा नं ७ मा काँग्रेसकाे जित सुनिश्चित भएको काँग्रेस वडा नं ७ का चुनाव प्रचारप्रसार समितिका संयाेजक बस्नेतले जनाए ।
अध्यक्ष पदको उम्मेदवार हेर्दा सात नम्बरमा कांग्रेस बलियो भएको भन्न सकिन्छ । तथापि पाँच मध्ये चार जना उम्मेदवार सत्ति क्षेत्र बाट रहेको हुनाले उनलाई सकस पनि रहेको देखिन्छ । मेरो ठाउँलाई केही दिनुपर्छ भनेर वडामा अध्यक्ष उम्मेदवार छु यसपटक वडावासिले मलाई मतदान गरिदिनु हुनेछ भन्ने आशामा छु,’ कार्कीले भने। निर्वाचन आयोगको तथ्यांक अनुसार टिकापुर ७ मा ४६ सय मतदाता रहेका छन्। जसमा ३६ सय मत खस्न सक्ने देखिन्छ ।










समाचार 