सत्ति / टिकापुर नगरपालिकाकाे वडा नम्बर ७ का विद्यार्थीलाई लक्षित गरी कोरोना विरुद्धको खोप लगाउन थालिएको छ ।
मंगलबारदेखि वडाका सामुदायिक विद्यालयमा काेराेना विरुद्धको खाेप लगाउन थालिएको छ ।टिकापुर नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाका पालिकाका १२ देखि १७ उमेर समूहका ७६ वटा विद्यालयका १२ हजार बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु गरेकोमा मंगलबार ६ हजार ५ सय २४ जना बालबालिकालाई खाेप लगाइएको स्वास्थ्य शाखाका प्रमुख बल बहादुर रावलले जानकारी दिए । 
नजिकैका पायक पर्ने विद्यालयमा खोप केन्द्र राखी त्यहीवाट खोप लगाउन सकिने प्रवन्ध मिलाईएको रावलको भनाई छ । वडा नम्बर सातमा ११ सय बालबालिकालाई काेराेना विरुद्धको खाेप लगाउने लक्ष्य रहेको र मंगलबार र बुधबार गरेर ७ सय ५० जना विद्यार्थीले खाेप लगाएको सत्ति शहरी स्वास्थ्य केन्द्रका प्रमुख हिमाल सारुले जानकारी दिए ।
बालबालिकालाई कोरोना संक्रमणवाट जोगाउन विद्यालयमै गएर खोप लगाउन थालिएपनि केही विद्यालयमा देखिएको फितलो व्यवस्थापनका कारण कोरोनाको जोखिम बढने भन्दै अभिभावकले चिन्ता व्यक्त गरेका छन ।










समाचार 