सत्ति / टिकापुर नगरपालिकाले विद्यार्थीलाई लक्षित गरी कोरोना विरुद्धको खोप लगाउन थालेको छ । 
मंगलबारदेखि वडाका सामुदायिक विद्यालयमा काेराेना विरुद्धको खाेप लगाउन थालिएको हो ।टिकापुर नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाका पालिकाका १२ देखि १७ उमेर समूहका ७६ वटा विद्यालयका १२ हजार बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु गरेकोमा मंगलबार ६ हजार ५ सय २४ जना र बुधबार ३ हजार ६ सय २ जना गरि दुई दिनमा १० हजार १ सय २६ जना बालबालिकालाई खाेप लगाइएको स्वास्थ्य शाखाका प्रमुख बल बहादुर रावलले जानकारी दिए । जस मध्ये ५ हजार १ सय ३८ जना छात्रा र ४ हजार ९ सय ८८ छात्र रहेको उनलेे जानकारी दिए ।
नजिकैका पायक पर्ने विद्यालयमा खोप केन्द्र राखी त्यहीवाट खोप लगाउन सकिने प्रवन्ध मिलाईएको रावलको भनाई छ ।










समाचार 