लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीमा कोभिड संक्रमित बढ्दै ,भारतमा किनमेलका लागि जान रोक 

सन्दर्भ डेस्क ,सत्ति / कोभिड–१९ को ग्राफ बढ्न थालेपछि कैलालीमा थप कडाई हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसीसीएमसी) ले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि थप कडाई गर्ने निर्णय गरेको हो । 

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले (डिसीसीएमसी) ले २५ वटा निर्णय गरेको बताए ।
सूचना अधिकारी शिवराज जोशीले भने, ‘सोही निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीले आदेश जारी गर्ने तयारी छ ।’
‘२५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न यसअघि नै आदेश जारी भइसकेको छ’ सूचना अधिकारी जोशीले भने, ‘त्यसैलाइ निरन्तरता दिइएको छ । डिसीसीएमसीको निर्णयअनुसार होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यान लगायतका सार्वजनिक स्थानमा जाँदा कोभिड विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिने छ ।’
‘भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाएर व्यवस्थापन गर्ने निर्णय पनि भएको छ’ उनले भने,  ‘सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्न समेत आह्वान गरिएको छ ।’ उनले भारतबमा किनमेलका लागि जान समेत रोक लगाइएको बताए ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) कैलालीले किनमेल गर्न सीमानाका पार गरेर भारतीय बजार जाने नेपालीलाई बन्देज लगाउने निर्णय गरेको छ। बिहीवार कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।


प्रकाशित : २०७८ माघ ७ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप