लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

विश्व वातावरण दिवसका अवसरमा सिमामा अढाइ सय विरुवा लगाइयो

बैदि / विश्व वातावरण दिवसकाे अवसरमा खक्राैलामा वृक्षारोपण गरिएको छ । टिकापुर ९ खक्राैला स्थित सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्टकाे आयोजनामा भएको हो ।
विश्व वातावरण दिवसको अवसरमा विअाेपि परिसरमा २५० वटा विभिन्न प्रजातिका विरुवा राेपिएकाे विअाेपि खक्राैलाका प्रमुख डिएसपी जंग बहादुर कुँवरले जानकारी दिए ।
जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सन्देश दिन वृक्षारोपण कार्यक्रम गरिएको डिएसपी कुँवरले बताए । अम्बा ,अमला ,लिप्टिस ,लिचि , लगायतका विभिन्न फलफूलका गरि २५० वटा विरुवा राेपिएकाे छ । वृक्षारोपणका लागि टिकापुर ७ बेलुवा स्थित श्रेया नर्सरीले निशुल्करुपमा उपलब्ध गराएको विअाेपि खक्राैलाका प्रमुख डिएसपी कुँवरले जानकारी दिए ।
सो अवसरमा शान्ति पुनःस्थापना गृह ,माइती नेपाल,साना हात नेपाल , अटाे व्यवसायी , सत्ति भन्सारका एजेन्ट ,सशस्त्र प्रहरी, स्थानीय नागरिक अगुवा,पत्रकार लगायतकाे सहभागिता रहेको थियो ।


प्रकाशित : २०८० जेष्ठ २३ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप