लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

लक्ष्मीनारायण सहकारीको १३अाै साधारण सभा सम्पन्न

 

नारायणपुर / टीकापुर नगरपालिका वडा न ६ स्थित लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्था काे १३अाै साधारण सभा सम्पन्न भएकाे छ ।                          सहकारी संस्थाका अध्यक्ष कपुरसिह कडायतकाे अध्यक्षतामा भएकाे साधारणकाे प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय उमा देवी बादी रहेका थिइन् भने विशिष्ट अतिथिमा टीकापुर ६ का अध्यक्ष बलीराम चाैधरी, पुर्व धनसिहपुर गाबिस अध्यक्ष जंग बहादुर साउँद र नारायणपुर गाबिसका पुर्व अध्यक्ष फकिरसिह कडायत रहेका थिए । सहकारी संस्थाका सह सचिव नृप कडायतकाे स्वागत मन्तव्य संगै शुरुभएकाे कार्यक्रममा जनता रामाविका अध्यक्ष गाेबिन्द काेईराला,सामुदायिक सहकारि संस्थाका अध्यक्ष हरि कार्की लगायतले मन्तव्य राखेका थिए ।सहकारीले साधारण सभामा ६ उत्कृष्ट बचत कर्तालाई सम्मान गरेकाे छ।साथै असल ऋणि १ जना र उत्कृष्ट संस्थाकाे रुपमा नाेबलपब्लिक स्कुल सत्ती र सुनसुनिया ग्रामिण विद्युत सहकारी संस्थालाई समेत सम्मान गरिएकाे छ ।
भने क्रमिक कर्जा र बचत गर्ने १/१ जनालाई सम्मान गरिएकाे छ। २०६४ सालमा स्थापना भएको सहकारीले यस आर्थिक वर्षमा ५ कराेड ७६ लाख ८४ हजार ८ सय ७६ निक्षेप संकलन गरि २६ लाख ४५ हजार अाठ सय ८८ मुनाफा गर्न सफल भएकाे छ । हाल यस सहकारीमा महिला ३३१ जना र पुरुष ८१० जना गरि ११४३ जना शेयर सदस्य रहेका छन ।


प्रकाशित : २०७८ पुष १७ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप