सत्ति / स्थानीय तहको निर्वाचन मात्रै एक हप्ता बाँकी रहे विभिन्न दलका उम्मेदवारले मतदाताको घरघरमा मत माग्न हिँडेका छन् । 
सबै उम्मेदवारले आ-आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। यसै बिचमा टिकापुर नगरपालिका वडा नम्बर ७ बाट कसले बाजि मार्ला भन्ने काैतुहलता मतदातामा चलिरहेको छ।
टिकापुर नगरपालिकामा मेयर ,उपमेयर र वडा नम्बर १ मा सत्तारूढ दल बिच गठबन्धन भए पनि अन्य वडामा भने स्वतन्त्र र मित्रवतरुपमा प्रतिस्पर्धा गर्ने भएको छ ।
७ नम्बर वडामा नेकपा माअाेवादि बाट यज्ञ न्याैपानेले अध्यक्ष पदका प्रत्यासि रहेका छन् । न्याैपाने कर्णाली बहुमुखी क्याम्पस र सत्ति नारायणपुर बजार व्यवस्थापन समितिका अध्यक्ष भैसकेका व्यक्ति हुन भने सामुदायिक सहकारी सत्ति, भानु पुस्तकालय सत्ति , सत्ति कर्णाली सामुदायिक वन लगायतका सामाजिक संघसंस्थामा बसेर काम गरिसकेका र व्यवसायमा जमेका कारण न्याैपानेको वडाका मतदाताहरु संग प्रत्यक्ष सम्पर्क भएकोले उनलाई जित हासिलका लागि सहज हुने माअाेवादि केन्द्रका अगुवा नेता नन्द बाेहराकाे आंकलन छ ।
न्याैपानेले सत्ति बजारमा रहेर व्यापार गरेको ,माअाेवादिले साे वडाबाट जितेको र बैदि क्षेत्र बाट पनि राम्रो मत पाउने बाेहराले दाबी गरे । 
वडाका मतदाताले यसपटक नेकपा माअाेवादिका उम्मेदवारलाई अधिकाँश मत जाने दावी उनकाे रहेको छ ।
यसका साथै यसपटकको स्थानीय तहको चुनावमा वडा नम्बर सातमा थारु समुदायको बाहुल्यता रहेको छ भने पुर्वीया पहाडी समुदायको मत पनि निर्णायक रहेको देखिन्छ ।
०७४ को मतपरिणाम यदि माअाेवादि भित्रकाे सांगठनिक मत हेर्दा वडा नम्बर सातमा न्याैपाने बलियो भएको भन्न सकिन्छ तथापि थारु समुदायकाे सक्रियता रहेको माअाेवादिमा रहेका थारु समुदायका मतदातालाई रेशम चाैधरिकाे नागरिक उन्मुक्ति पार्टिले रिझाउन सक्ने सम्भावना देखिन्छ ।











समाचार 