सत्ति / टिकापुर नगरपालिकाले आरन व्यवसायी लाई प्रविधिमैत्री बनाउन औजार सहयोग गरेको छ । नगरपालिकाको आयोजनामा आरन व्यवसायी लाई आज( बिहीबार ) एक कार्यक्रमका बिच सामाग्री सहयोग गरेको हो ।
नगरपालिकाको दलित लक्षित कार्यक्रम अन्तर्गत यहाँका दलित समुदायका आरन व्यवसायीलाई नगरपालिकाद्वारा औजार वितरण गरिएको हो । आरन सुधार अन्तर्गत नगर पालिकाले आरनका औजार सहयोग गरेको हो । नगरपालिका भित्र आरन व्यवसाय गरिरहेका १९ जना व्यवसायीलाई औजार सहयोग गरेको टिकापुर नगरपालिकाका कार्यपालिका सदस्य रामबहादुर नगार्जिले बताए ।
परम्परागत आरन व्यवसायलाई व्यवसायीकरण गर्न सहयोग गरिएका औजारहरू महत्त्वपूर्ण हुने कार्यपालिका सदस्य दिपक निशानीले बताए । यसले व्यवसाय प्रवर्द्धनका साथै जीविकोपार्जनमा मद्दत मिल्ने उनलेे बताए । 
सामाग्री सहयोगले परम्परागतरुपमा आरनबाट गुजारा चलाउँदै आएका दलित समुदायका व्यक्तिका व्यवसायमा सुधार ल्याउने उद्देश्यले औजारहरू सहयोग गरिएको अर्का कार्यपालिका सदस्य मञ्जु विकको भनाइ रहेकोछ । आगामी वर्षमा पनि पालिकाले दलित समुदायको अवस्था परिवर्तनका लागि काम गर्दै जाने विककाे भनाइ रहेको छ ।

टीकापुर नगरपालिकाका ज्येष्ठ कार्यपालिका सदस्य रामबहादुर नागार्जिको अध्यक्षतामा भएको कार्यक्रमा कार्यपालिका सदस्य दिपक निसानी र मञ्जु विक ,पत्रकार भिम विक, नेपाल दलित अधिकार अभियान संस्थाका अध्यक्ष धनबहादुर विक ,सहभागीको तर्फबाट मोहन विक लगायतले आरन व्यवसायीका समस्या र चुनाैतिका बारेमा आआफ्ना धारणा राखेका थिए । नेपाल दलित अधिकार अभियान टीकापुरको सहकार्यमा भएको थियोे ।
आरन सुधारका औजारहरूमा हावा दिने, कटिङ, वेल्डिङ, ड्रिल मेशिन,रेति,मेसिन लगायतका प्रति व्यवसायी १० वटा सामग्री वितरण गरिएको सहकार्य गर्ने संस्थाका अध्यक्ष धन बहादुर विकले बताए ।










समाचार 