लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

उज्यालो बहुउद्देश्यीय सहकारीको नेतृत्वमा चौधरी

सत्ति/टीकापुरकाे सत्तिमा रहेको उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ नेतृत्वका लागि अध्यक्षमा प्राङ्कुश चाैधरि निर्विरोध निर्वाचित भएका छन् ।

सहकारीको उन्नाइसौं साधारणसभा कार्यक्रम अन्तर्गत सोमबार भएको उमेदवारको मनोनयन फिर्ताको समयसीमा भित्र अध्यक्षपदका अर्का उम्मेदवार शशि श्रेष्ठले उम्मेदवारी फिर्ता लिए पछि चाैधरि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सहकारी संस्थाको नयाँ नेतृत्वका लागि आइतबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता र साेमबार दिउँसो ३ बजेसम्म सहमतिको समय निर्धारण गरिएको थियो । आइतबार मनाेनयन दर्ताको समयमा अध्यक्षमा शशि श्रेष्ठ र प्राङ्कुश चाैधरिकाे उम्मेदवारी परेको थियोे ।

सहमति पछि साेमबार अध्यक्ष पदका उम्मेदवार रहेका शशि श्रेष्ठले उम्मेदवारी फिर्ता लिए पछि प्राङ्कुश चाैधरि निर्विरोध निर्वाचित भएको जनाइएको छ । यश अघिको कार्यकालमा श्रेष्ठ दुई कार्यकाल उपाध्यक्ष रहि सकेका थिए भने चाैधरि काेषाध्यक्ष रहेका थिए ।
३ जना पदाधिकारी सहित ९ सदस्यीय सञ्चालक समितिका लागि सबै पदमा पनि एक/एक जनाको मात्रै उम्मेद्बारी परेको निर्वाचन समितिका संयोजक विरेन्द्र शाहले जानकारी दिए ।

सहकारीको नयाँ नेतृत्वको लागि उपाध्यक्षमा पहलवान चाैधरि, काेषाध्यक्षमा रानी रानी शाह र सदस्यहरुमा साँधुराम चाैधरि,सरला ठकुराठि कर्ण ,शारदा कुमारी रिजाल ,फुलराम चाैधरि ओमलाल सुनार,खेम बाेहराको मात्रै उम्मेद्बारी परेको संयोजक शाहले जानकारी दिए ।

यसैगरी लेखा तथा सुपरिवेक्षण समितिकाे संयोजकमा भिम वि. क. र सदस्यहरुमा सुना कुमारी सिंह राठौर र टंक बहादुर ठकुल्ला निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक शाहले जानकारी दिए ।

२०६३ सालमा ३१ जनाले ३१ सय शेयर पुंजीबाट शुरु गरेकाे सहकारीले १ करोड ९३ लाख १४ हजार २५९ रुपैयाँ ऋण लगानी गरि ७ लाख ८९ हजार मुनाफा गरेकाे छ भने हाल उक्त सहकारीमा १ हजार ८० जना शेयर सदस्य रहेका छन् भने सहकारीले ८ लाख ६२ हजार ३ सय ६६ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ। भने शेयर पुँजी ५३ लाख ३४ हजार ४ सय रहेको छ। सहकारीको पाँच करोड ६७ लाख बराबरको सम्पत्ति रहेको छ । सहकारीले आर्थिक वर्ष २०८२/०८३ का लागि १ करोड ९ लाख ९७ हजार ८४० रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम पारित गरेको छ ।


प्रकाशित : २०८२ पुष ८ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप