लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

उद्योग वाणिज्य संघमा बजगाईं र खड्काका दुई प्यानलको उम्मेदवारी दर्ता

सत्ति / टीकापुर उद्योग वाणिज्य संघको २६औं साधारण सभाबाट चयन हुने नेतृत्वका लागि दुई प्यानलले उम्मेदवारी दर्ता गरेका छन् ।

भाेली भदौ २१ गते हुने मतदानका लागि अध्यक्षमा संघका कार्यवाहक अध्यक्ष सन्तोष खड्का र उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय बजगाईले प्यानल सहित उम्मेदवारी दर्ता गरेका हुन् । निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा कृष्णप्रसाद उपाध्याय बजगाई र सन्तोष खड्काको उम्मेदवारी दर्ता भएको छ । 

उपाध्यक्ष उद्योगमा तपेन्द्र कुँवर र दीपेन्द्र रावलको उम्मेदवारी परेको छ भने वाणिज्य उपाध्यक्षमा अर्जुन भट्टराई र लोकेश साउँदको उम्मेदवारी दर्ता भएको छ । 

संघको महासचिव पदका लागि पृथ्वि ढुंगाना र प्रकाश तिमिल्सेनाको उम्मेदवारी दर्ता भएको छ भने सचिवमा प्रकाश शाह र हिक्मत रावलको उम्मेदवारी परेको छ । संघका पदाधिकारी मध्ये कोषाध्यक्षमा टीका शाही र टेक बहादुर सोडारीको उम्मेदवारी परेको छ । 

आठ जना खुल्ला सदस्यका लागि दुबै प्यालनका १६ जनाको उम्मेदवारी परेको छ । सदस्यहरुमा आशिष जोशी, उपेन्द्र बटाला, जनक विष्ट, जनक रावल, डम्बर कडायत, दीपक साउँद र निर्मला विष्टको उम्मेदवारी परेको छ । 

त्यस्तै खुल्ला सदस्यमै प्रकाश विश्वकर्मा, मोति सिंह खत्री, रुपक विष्ट, विजय धामी, सर्पराज साउँद, शैलेश साउँद, हरि कुश्मी र हेमन्त रिमालले उम्मेदवारी दर्ता गरेका छन् । 

आरक्षण सदस्यहरुका लागि महिला सदस्यमा ईशरा साउँद र जानकी शाहको उम्मेदवारी परेको छ । त्यस्तै दलित सदस्यमा रमेश तिखातरी र रामबहादुर टमट्टाको उम्मेदवारी परेको छ भने जनजाति उम्मेदवारमा दानबहादुर चौधरी र सन्तोषकुमार कठरियाको उम्मेदवारी परेको  छ । 
संघको निर्वाचनमा १ हजार ३ शय ५४ मतदाताले मतदान गर्न पाउनेछन् ।


प्रकाशित : २०८२ भाद्र २० शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप