लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय गौरवको रानी जमर कुलरिया सिँचाइ आयोजनाको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीस्थित राष्ट्रिय गौरवको रानी जमर कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गर्नुभएको छ । भव्य समारोहबिच उहाँले रानी जमरा कुलरिया सिचाई आयोजना तर्फको १४ हजार ३ सय हेक्टर सिँचाइ योजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो ।

आजै प्रधानमन्त्री ओलीले कर्णाली चिसापानीमा रहेको रानी जमरा कुलरिया सिचाई आयोजनाको मूल इन्टेकको स्थलगत निरीक्षण गर्नुभयो ।
समारोहमा मुख्यमन्त्री कमल बहादुर शाह, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का लगायतको उपस्थिति रहेको थियो ।

कैलालीको दक्षिण पूर्वी क्षेत्रमा ३८ हजार ३ सय हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाई सुविधा पुर्‍याउने लक्ष्यसहित पहिलो चरणमा सिचाइ आयोजनाको निर्माण कार्य पूरा भएको छ । आयोजनाको निर्माण लागत करिब २७ अर्ब ७० करोड २४ लाख अनुमान गरिएको छ ।

पहिलो चरणको १४ हजार ३ सय हेक्टर सिचाई आयोजना सम्पन्न भएको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणको निर्माण कार्य आगामी आर्थिक वर्ष २०८५/०८६ मा पूरा गर्ने सरकारी लक्ष्य रहेको छ ।

सिचाई आयोजना अन्तरगत हालसम्म १४ हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने र ४ दशमलव ७१ मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ । हालसम्म सिचाइ आयोजनाको भौतिक प्रगति ७४ दशमलव ७६ प्रतिशत र वित्तीय प्रगति ६९ दशमलव ५५ प्रतिशत रहेको छ ।

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको निर्माण कार्य पूरा भएपछि कैलालीका किसान हर्षित भएका छन् ।

तस्वीर : आशिष् पौडेल, प्रधानमन्त्रीको सचिवालय


प्रकाशित : २०८२ श्रावण १३ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप