कैलालीको टीकापुरबाट बुधबार एक युवक खैरो हेरोइन सहित पक्राउ परेका छन ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ शक्तिनगरका ३० वर्षीय अर्पण चौधरी रहेका छन । उनको साथबाट १ ग्राम २०० मिलिग्राम खैरो हेरोइन फेला परेको हो ।
निजलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यस बारेमा थप अनुसन्धान भईरहेको छ ।
प्रकाशित : २०८२ आश्विन २ बिहीबार प्रकाशित










समाचार 