लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

चार सय १५ जना निर्वाचन प्रहरी छनोट

रसुवा/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि रसुवाबाट ४ सय १५ जना निर्वाचन प्रहरी छनोट भएका छन्।

जिल्लामा नेपाल प्रहरीतर्फ ३ सय ६९ जना र सशस्त्र प्रहरीतर्फ ४६ जना गरी कुल ४ सय १५ जना निर्वाचन प्रहरी छनोट गरिएको हो। एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा छनोट भएका निर्वाचन प्रहरीलाई माघ १८ गतेदेखि १० दिनको तालिम प्रदान गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। तालिम सम्पन्न भएपछि उनीहरूलाई मतदान स्थल तथा मतदान केन्द्रहरूमा खटाइनेछ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रसुवा जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल मतदाता संख्या ४१ हजार ४ सय ७१ रहेको छ। जिल्लाभर ३६ वटा मतदान स्थल र ५७ वटा मतदान केन्द्र तोकिएका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी तीव्र पारिएको छ भने सुरक्षा रतर्कता अपनाइने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए ।


प्रकाशित : २०८२ माघ २१ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप