लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जोखिममा कर्णाली पुल ,अस्थायी बाँध निर्माण गरिँदै

सत्ति /राजापुर बर्दिया कर्णाली नदीमा आएको बाढीले हुलाकी सडकखण्ड अन्तर्गत बर्दियाको राजापुर नगरपालिका र कैलालीको टिकापुर नगरपालिकालाई जाेड्ने सत्ती पुल जाेखिममा परेकाे छ । पुलनजिक बनाइएको कर्णाली नदीको तटबन्धन पनि भत्किने अवस्थामा पुगेको छ ।

कर्णाली नदीको सत्ती पुल भत्किने अवस्थामा पुगेकोले तत्काल तटबन्धनका लागि राजापुर नगरपालिकाले पहिले सडक डिभिजन र त्यसपछि हुलाकी सडकलाई अनुरोध गरेकाे थियाे । तर ती निकायबाट काम नभएपछि गाउँमा बाढी पस्न नदिन सयौं स्थानीय अस्थायी तटबन्धमा जुटेका राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनुभयो ।

राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको अगुवाइमा छोटो प्रक्रियाबाट ठेक्का गरि त्यस ठाउँमा ठूला ढुंगासहितको तटबन्धन गर्ने गरि प्रक्रिया अघि बढेको थियाे । तर हुलाकी सडकको सम्बन्धित निर्माण व्यवसायीको बेवास्ताका कारण सत्ती पुल भत्किने अवस्थामा पुगेको जनाइको छ ।

तत्काल कुनै अप्रिय घटना घटेमा सम्बन्धित कार्यालय र निर्माण कम्पनी जवाफदेही हुने नगर प्रमुख थारुले बताउनुभयाे । पुल नजिकैको बाँध फुट्न गएमा राजापुर नगरपालिकाका वडा नम्बर ४, ७ र ८ का हजारौँ घरधुरी प्रभावित हुने देखिन्छ । अहिले सत्ती पुल नजिक स्थानीयबासिन्दाले स्वतफुर्त रूपमा अस्थायी बाँध निर्माणका लागि जनश्रमदान गरिरहेका छन् ।


प्रकाशित : २०७९ आश्विन १ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप