टीकापुर जेसीज वर्ष २०२६ का लागि अध्यक्ष पदमा कलमराज सुवेदी निर्वाचित भएका छन्। सम्पन्न निर्वाचनमा सुवेदीले प्रतिस्पर्धी उम्मेदवारलाई पछि पार्दै बहुमत मत प्राप्त गरी अध्यक्षमा चयन भएका हुन्।

निर्वाचन समितिका सदस्य तथा टीकापुर जेसीजका मानार्थ सदस्य पृथ्वीराज ढुंगानाले दिएको जानकारी अनुसार अध्यक्ष पदका लागि भएको मतदानमा सुवेदीले २६ मत प्राप्त गरी विजयी भएका थिए। अध्यक्ष पदमा सुवेदी र वर्ष २०२५ का कानुनी सल्लाहकार तथा कार्यकारिणी उपाध्यक्ष पदमबहादुर शाहीबीच प्रतिस्पर्धा भएको थियो।
कुल ४१ मतदाता रहेको निर्वाचनमा ३८ मत खसेको थियो। प्रतिस्पर्धी उम्मेदवार शाहीले १२ मत प्राप्त गरेका थिए भने बाँकी मत सुवेदीको पक्षमा परेको थियो।

यसैगरी, एक वर्षे कार्यकालका लागि चयन हुने टीकापुर जेसीजको कार्यकारिणी उपाध्यक्ष पदमा तारासिंह बम र झलनाथ खनाल सर्वसम्मत चयन भएका छन्।
त्यस्तै, संस्थाको उपाध्यक्ष पदमा नविन अधिकारी, महेश उपाध्याय रिमाल, अभिशेक शाह तथा शिवराम चौलागाईं सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ।
नव निर्वाचित कार्यसमितिले टीकापुर क्षेत्रका युवालाई नेतृत्व विकास, सामाजिक सेवा तथा उद्यमशीलतामार्फत सशक्त बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ।










समाचार 