लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुर नगरपालिकाको बजेट कति ?

टीकापुर/टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९३ करोड ६७ लाख ९७ हजार १२७ रुपैयाँ बराबरको बजेट ल्याएको छ । सत्रौ नगरसभामा आज कार्यपालिका जेष्ठ सदस्य रामबहादुर नगार्जीले बजेट प्रस्तुत गरेका छन ।

जसमा नगरपालिका सहित सम्पूर्ण वडाको साधारण /चालु खर्च तर्फ १८ करोड र नगरपालिकाको प्राथमिकता प्राप्त निरन्तर चालु तथा पूँजीगत योजनामा २९ करोड ९८ लाख ९३ हजार १२७ रुपैयाँ रहेको छ । त्यस्तै समपुरक, विशेष तथा सशर्त बाहेक नगरपालिकाको कुल पूँजीगत खर्च २५ करोड ३ लाख र चालु तर्फ ३० करोड ५० लाख विनियोजन गरिएको छ । संघीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त र अन्य समपुरक तथा विशेष अनुदान बजेट पनि पुँजीगत खर्च अन्र्तरगत रही यसको परिणाम बढ्ने उल्लेख गरिएको छ ।

त्यसैगरी पूँजीगत रकममा वडाको लागि ५ करोड, समपुरकमा ३ करोड ६२ लाख, नगर गौरवका योजना कार्यान्वयनका लागि प्रत्येक वडाको लागि एउटा सडक कालोपत्रे गर्न ७ करोड २० लाख र विषयगत शाखाको लागि २ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको बताईएको छ ।

वडाहरुको पूँजीगत ५ करोडलाई विभिन्न शिर्षकमा विभाजन गरिएको छ । जसमा पूर्वाधार विकासमा २ करोड ७० लाख, आर्थिक विकास क्षेत्रमा १ करोड, सामाजिक विकासमा १ करोड, वातावरण तथा विपदको क्षेत्रमा १५ लाख र संस्थागत विकास सेवा प्रवाह र सुशासनमा १५ लाख रुपैयाँ रहेको छ ।

बजेटमा विभिन्न स्रोत अनुमान गरिएको छ । जसमध्ये संघीय अनुदान मध्ये वित्तिय समानीकरणमा १८ करोड ३४ लाख, सशर्त अनुदान चालु २७ करोड ९९ लाख र पूँजीगत १ करोड ९८ लाख, राजश्व बाँडफाँडमा १४ करोड १४ लाख ४ हजार र विशेष अनुदानमा ३ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तिय समानीकरणमा १ करोड ७३ लाख, राजश्व बाँडफाँडमा ७६ लाख ९१ हजार, समपुरकमा १ करोड ७६ लाख, विशेष अनुदानमा ६० लाख र सशर्त अनुदानमा १ करोड ६० लाख रुपैयाँ रहेको छ ।

बजेटमा आन्तरिक स्रोततर्फ आन्तरिक आयमा १६ करोड ७५ लाख र मालपोत रजिस्ट्रेसनमा ३ करोड ७५ लाख रुपैयाँ अनुमान गरिएको छ ।

बजेट वक्तव्यमा चालु आर्थिक वर्षको १ अर्ब २ करोड ३७ लाख ४८ हजार २२६ रुपैयाँ मध्ये पूँजीगत तर्फ ३१.७१ प्रतिशत र चालु तर्फ ७३.२ प्रतिशत गरी ५६.४२ प्रतिशत मात्रै खर्च भएको उल्लेख छ । पूँजीगततर्फको विनियोजित रकम ४१ करोड ४१ लाख ४५ हजार ७६७ मध्ये १३ करोड १३ लाख ३० हजार ४३७ रुपैयाँ र चालुतर्फको विनियोजित रकम ६० करोड ९६ लाख २ हजार ४५८ मध्ये ४४ करोड ६२ लाख ७४ हजार ५७७ रुपैया खर्च भएको छ ।


प्रकाशित : २०८२ असार १२ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप