सत्ति / आइतबार साँझ टीकापुरमा ट्रयाक्टर र मोटरसाइकल ठोकिंदा ३ जना घाइते भएका छन् । टीकापुर बसपार्क नजिकै से १ त ६८७० नम्बरको ट्रयाक्टर र लुम्बिनी प्रदेश ०३–००१ प ०७०२ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिंदा मोटरसाइकलमा सवार रहेका ३ जना घाइते भएकाे प्रहरीले जनाएको छ । 

प्रकाशित : २०८२ पुष ७ सोमबार प्रकाशित










समाचार 