बटनपुर / टिकापुर ८ बटनपुर स्थित त्रिभुवन माविकाे अभिभावक संघ तथा विव्यस गठन भएको छ ।

हिजो बुधबार शिक्षक अभिभावक संघका अध्यक्ष शेर बहादुर लुहारकाे अध्यक्षता र टिकापुर नगरपालिका ८ नम्बर वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाकाे प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो।
टिकापुर नगरपालिकाका शिक्षा अधिकृत एवम् विद्यालय व्यवस्थापन समिति सदस्य छनाैट समिति संयोजक नरेश अवस्थीको उपस्थितिमा साे कार्यक्रम भएको थियोे ।

अभिभावकहरुकाे भेला बाट विद्यालय व्यवस्थापन समितिमा सदस्यहरु: हिरालाल चौधरी, तेज बहादुर साउँद , मानि चौधरी र शान्ति चौधरी चयन भएका छन् भने शिक्षक अभिभावक संघकाे अध्यक्षमा माया साउँद चयन भएका छन् भने सदस्यहरुमा दिलबहादुर बुढा, दिपा साउँद, सुनिता चौधरी, शारदा चौधरी रहेको साे विद्यालयका प्रधानाध्यापक रवीन्द्र कठायतले जानकारी गराएका छन् ।
कार्यक्रममा अतिथिका रूपमा समाजसेवी, शिक्षाप्रेमी, समाजसेवी अगुवाहरूको उपस्थिति थियो । विद्यालयको भौतिक एवम् शैक्षिक विकासका लागि प्राथमिकताका आधारमा योजनालाई सफल बनाउन सहयोग हुने कार्यक्रमका वक्ताहरुले बताएका थिए ।
नव गठित शिक्षक अभिभावक संघको अध्यक्ष माया साउँदले विद्यालयलाई पहिलो प्राथमिकतामा राख्दै विद्यालयको विकास र समस्याहरूको समाधान गर्नमा आफु लागि पर्ने बताएकी छन् ।










समाचार 