बटनपुर / टीकापुर नगरपालिका वडा नं.८ बटनपुर स्थित दिगाे बिकास बचत तथा ऋण सहकारी संस्थाकाे १९ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएकाे छ । 
सहकारी संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा २० लाख ३८ हजार ४” सय ५८ रुपैया खुद नाफा कमाउन सफल भएको छ । सहकारीले १९ औं वार्षिक साधारण सभामा प्रस्तुत गरेको प्रतिवेदन अनुसार २० लाख ३८ हजार ४ सय ५८ रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । ९ सय २४ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ५३ लाख ६९ हजार रहेकाे छ भने ७ करोड ५६ लाख ८० हजार ६ सय ८० रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारी संस्थाका अध्यक्ष गाेविन्द कठायतकाे अध्यक्षतामा भएको वार्षिक साधारण सभालाई प्रमुख अतिथि रहेका टीकापुर नगरपालिकाका वडा नं ८ का वडा अध्यक्ष दिर्घ ठकुल्लाले दिगो विकास सहकारीले कृषि क्षेत्रमा उदाहरणीय काम गरेको बताएका थिए । उनले सहकारीको मेरुदण्ड भनेको सहकारीका शेयर सदस्य रहेको बताउँदै शेयर सदस्यहरुलाई सधै सबल र अग्रपंक्तिमा राख्नुपर्ने बताएका थिए ।
कार्यक्रमका विशिष्ट साबिक धनसिहपुर गाविसका पुर्ब अध्यक्ष जंग बहादुर साउँदले सहकारीहरु हाम्रा सम्पत्ती रहेको बताउँदै तल्लो भेगका सहकारीहरु ग्रामीण क्षेत्रका लागि बैंकको रुपमा स्थापित भएको बताएका थिए ।
समाजसेवि शेर बहादुरसाउदले सहकारीहरुले आफ्ना कार्यक्षमतालाई अब्बल बनाएको बताउँदै आजभोलि सहकारीहरुका कारण किसानलाई सहज भएको बताएका थिए । सहकारी संस्थाका उपाध्यक्ष जमुना पि विश्वकर्मा स्वागत मन्तव्य संगै शुरु भएकाे कार्यक्रममा त्रिभुवन माविका अध्यक्ष हिरालाल चाैधरी,उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्राङ्कुश चाैधरी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सहकारी संस्थाका व्यवस्थापक तार साउँदले गरेका थिए ।
साधारणसभाबाट सहकारीको संचालक समितिकाे अध्यक्षमा सेत बहादुर बुढा निर्बिराेध चयन भएका छन भने उपाध्यक्षमा माया साउँद चयन भएका छन भने सचिव चन्द्र बहादुर साउँद र कोषाध्यक्ष धर्म वि.क रहेका छन भने सदस्यहरुमम अरुण कुमार वि.क., गोविन्द चौधरी,लालसरा देवी साउँद ,झुमा महर र मिन बहादुर बुढा रहेका छन ।
यसैगरी लेखा तथा सुपरिवेक्षण समितिकाे संयोजकमा शेर बहादुर बुढा र सदस्यहरुमा हर्क बहादुर साउँद र अर्पना चौधरी रहेकी छिन।










समाचार 