लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलाली र कञ्चनपुरमा पिपिआर रोग “बाख्राको हैजा” फैलिंदै

सुदूरपश्चिम प्रदेशका कैलाली जिल्ला र कञ्चनपुर जिल्ला मा ‘बाख्राको हैजा’ भनेर चिनिने पिपीआर (PPR) रोगको सङ्क्रमण पुष्टि भएको छ।

पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीमा गरिएको परीक्षणअनुसार धनगढी उपमहानगरपालिका, पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिकाबाट सङ्कलित नमूनामा संक्रमण ‘पोजेटिभ’ देखिएको हो। व्यावसायिक फार्म तथा स्थानीय किसानले पालेका बाख्रामा समेत रोग देखिएको जनाइएको छ।

प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार भारतबाट क्वारेन्टाइन प्रक्रिया पूरा नगरी अवैध रूपमा ल्याइएका बोकाबाट संक्रमण फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। सीमानाकामा हुने स्वास्थ्य जाँच छलेर ल्याइएका पशुका कारण स्थानीय बथानसमेत जोखिममा परेका छन्। पिपीआर अत्यन्त सङ्क्रामक विषाणुजन्य रोग भएकाले छोटो समयमै फैलिन सक्ने र उच्च मृत्युदर निम्त्याउन सक्ने खतरा रहेको बताइएको छ।

यस अवस्थालाई मध्यनजर गर्दै पशु सेवा कार्यालयले किसानलाई कडा जैविक सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ। नयाँ पशु खरिद गर्दा अनिवार्य स्वास्थ्य परीक्षण गराउन र कम्तीमा २१ दिनसम्म छुट्टै राखेर मात्र पुरानो बथानमा मिसाउन सुझाव दिइएको छ। बाख्रामा उच्च ज्वरो, मुखमा घाउ, आँखा–नाकबाट पानी बग्ने वा झाडापखाला लाग्ने लक्षण देखिएमा ढिलाइ नगरी नजिकको पशु प्राविधिक वा भेटेरिनरी अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ।


प्रकाशित : २०८२ फाल्गुन २० बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप