लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

प्रगतिशिल सहकारीको चौधौं साधारण सभा सम्पन्न

सत्ति/टीकापुर नगरपालिका वडा नं ७ स्थित प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाकाे साधारण सभा सम्पन्न भएकाे छ ।

शनिबार भएको सहकारीकाे चाैधाैं वार्षिक तथा चुनावी साधारणसभा संस्थाकाे अध्यक्ष गिता चाैधरीकाे अध्यक्षतामा भएकाे साधारण सभामा प्रमुख अतिथि टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञ न्याैपाने रहेका थिए भने विशिष्ट अतिथिमा दिगाे विकास समाज भजनीका अध्यक्ष आशा चाैधरी रहेकी थिईन।

सहकारी संस्थाकाे काेषाध्यक्ष दुर्गा चाैधरीकाे स्वागत मन्तव्य संगै शुरु भएकाे कार्यक्रममा पत्रकार भिम वि क.,सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहका सचिव माेहन बहादुर रावल,भानु सामुदायिक पुस्तकालय तथा श्राेत केन्द्रका अध्यक्ष मनिराम ढुङ्गाना,एकता बचत तथा ऋण सहकारी संस्था बटनपुरका अध्यक्ष कृष्णगाेपाल चाैधरी,सुनसुनिया ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष देशराज चाैधरीले मन्तव्य राखेका थिए ।

सहकारीको शेयर पुँजि १२ लाख रुपैयाँ रहेको छ भने ८ सय ५३ जना शेयर सदस्य रहेका छन् र सहकारीले कुल आम्दानी ३७ लाख ८७ हजार ६ सय ६६ रुपैयाँ गरेको बताइएको छ।

सहकारीमा ४ सय ५३ जना शेयर सदस्य रहेका छन । साधारणसभाले गाेमा ढुङ्गानाकाे अध्यक्षतामा ९ सदस्यीय नया संचालक समिति चयन गरेकाे छ । जस्काे उपाध्यक्षमा लक्ष्मी चाैधरि सचिवमा माया चाैधरि,सह सचिवमा दुर्गा चाैधरि र काेषाध्यक्षमा मञ्जु चाैधरि रहेकि छन् भने सदस्यहरुमा शान्ति चाैधरि टेकबहादुर मगर,सलिसा चाैधरि र ज्ञानपति चाैधरि रहेको निर्वाचन समितिका संयोजक दिपक वैद्यले जानकारी दिए ।

यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा सुनिता चाैधरि र सदस्यहरुमा कविता खत्री र सुनिता चाैधरि चयन भएको संयोजक वैद्यले जानकारी गराएका छन् ।


प्रकाशित : २०८२ पुष २६ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप