टिकापुर / टिकापुर नगरपालिका वडा नम्बर ६ भगवानपुर स्थित प्रसेनी ग्रामीण विद्युत सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ ।
सहकारीको आइतबार भएको दशाैं साधारणसभा अध्यक्ष सुमन ओडकाे अध्यक्षतामा भएको थियोे भने प्रमुख अतिथि टिकापुर नगरपालिका ६ वडाका अध्यक्ष बलिराम चाैधरि रहेका थिए ।
उपाध्यक्ष टेकबहादुर साउँदकाे स्वागत मन्तव्य संगै सुरु भएको सभामा लेखा तथा सुपरिवेक्षण समितिका सदस्य निशा कडायतले आय व्यय विवरण प्रस्तुत गरेकि थिइन् ।

कार्यक्रममा शेयर सदस्यकाे तर्फबाट नैनसिंह ओड, सहकारीका पुर्व अध्यक्ष चतुर प्रसाद खनाल कालिका ईंग्लिश बाेर्डिङ स्कुलका अध्यक्ष नृप कडायत, लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारीका अध्यक्ष कपुरसिंह कडायत ,कार्यक्रमका विशिष्ट अतिथि तथा वडा नम्बर ६ का वडा सदस्य पुर्ण नायक लगायतका महानुभावले मन्तव्य राखेका थिए ।
अध्यक्ष सुमन ओडले सहकारीको विकासका लागि विभिन्न वक्ताहरुले दिएको सल्लाह सुझावलाई मनन् गरि कार्यान्वयन गरिने बताएका थिए ।










समाचार 