बैतडीमा कुकुरको टोकाइबाट एक बालकको मृत्यु भएको छ।
बैतडीको पुर्चौंडी नगरपालिका–६ कुयलीगाउँका १२ वर्षीय अनिल साउँदको कुकुरको टोकाइबाट आइतवार मृत्यु भएको हो। स्थानीयका अनुसार करिब दुई हप्ता अघि उनलाई कुकुरले टोकेको थियो । कुकुरले टोकेर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो ।
उपचारपछि तीन दिनअघि मात्र उनलाई घर लगिएको र घर आएपछि स्वास्थ्यमा थप समस्या देखिएपछि पुनः अस्पताल लैजाँदै गर्दा आइतवार साँझ ६ बजेतिर बाटोमै मृत्यु भएको परिवारले जनाएको छ। अनिलको परिवारका अनुसार कुकुरको टोकाइपछि उनमा रेबिजका लक्षण देखिएको र उनी पानी देख्नासाथ डराउने लक्षण देखिएको बताइएको छ।










समाचार 