भगवानपुर / टिकापुर नगरपालिका वडा नम्बर ६ भगवानपुर स्थित भगवान कृषि सहकारी संस्थाकाे एघारौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सहकारीका उपाध्यक्ष कुमारराज शाहीको स्वागत मन्तव्य संगै सुरु भएको साधारणसभाका प्रमुख अतिथि टिकापुर नगरपालिका वडा नम्बर ६ का सदस्य तथा नगर कार्यपालिका सदस्य राजरानि चाैधरि रहनु भएको थियोे ।

साधारणसभामा शेयर धनिकाे तर्फबाट लायकराम चाैधरि,सुदुर सन्दर्भ साप्ताहिकका सम्पादक भिम विक , समाजसेवी चिरञ्जीवी खनाल ,प्रसेनि ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष सुमन वड,विशिष्ट अतिथि लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारीका अध्यक्ष कपुरसिंह कडायतले मन्तव्य राख्नुभएको थियोे ।
सहकारीका अध्यक्ष शेरबहादुर साउँदले सहकारीको वित्तीय विवरण प्रस्तुत गरेका थिए भने संचालन सचिव कुलराज खनालले गरेका थिए । सहकारीले असल ऋणि,उत्कृष्ट बचत कर्तालाई सम्मान गरेको छ ।
टिकापुर नगरपालिकाकाे छ नम्बर वडा कार्यक्षेत्र भएको साे सहकारीको ३०५ जना शेयर सदस्य रहेको सहकारीले यस वर्ष खुद मुनाफा १ लाख ६८ हजार ७५५ रुपैयाँ ८२ पैसा गरेको प्रतिवेदनमा उल्लेख छ ।










समाचार 