लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

भूमि समस्या समाधानका लागि ध्यानाकर्षण पत्र पेस

रसुवा/जिल्ला भूमिअधिकार मञ्चले जिल्लाका भूमि समस्या समाधानका लागि सरोकारवाला समक्ष एक ध्यानाकर्षण पत्र पेस गरेको छ ।

जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष भवानीप्रसाद न्यौपानेको अगुवाइमा जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार घिमिरे, मालपोत अधिकृत गणेश श्रेष्ठ र नापी कार्यालयमार्फत नेपाल सरकारको माग पत्र पेस गरी जायज माग प्रति ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षण पत्रमा जिल्लामा बिर्ता, गुठी, भूमिहीन, सुकुमवासी, अब्यवस्थित बसोवासी र बिस्थापितका सवालहरू समाधानका उपाय समेत समेटिएको छ । पीडितहरूमा जायज माग पुरा नगरे मालपोत धर्नालगायतका आन्दोलन गर्ने जनाएको छ ।

जिल्ला भूमि अधिकार मञ्च रसुवाले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी कार्यालय पुगेर भूमि समस्या र समाधानबारे छलफल गरी ध्यानकर्षण पत्र पेश गरेको छ ।

२०८२ माघ २१ मा मञ्चका सदस्यहरुले बिर्ता, गुठी, भूमिहीन सुकुबासी, विस्थापित परिवारका जग्गा र आवाससँग सम्बन्धित समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयमार्फत पहल लिनको लागि पनि अनुरोध गरेका छन् । साथै जिल्लामा बिर्ता जग्गा किनबेचमा हुन खोजीरहेको कार्यहरु रोक लगाउन पनि ध्यानकर्षण गराइएको छ ।

पछिल्लो समय गाउँगाउँमा बिर्ता जग्गा किनबेचको लागि विचौलियाहरु पुगेर किसानलाई डर, त्रास र धम्की दिने एवं जवरजस्ती पैसा उठाउन खोज्ने र दबाब दिने जस्ता कार्य बढ्दै गएकाले यस्ता कार्यहरु बन्द गराउन समन्वयकारी भूमिका निर्वाह गरिदिन पनि जिल्लाका कार्यालयहरुलाई ध्यानकर्षण गराइएको जिल्ला मञ्चका पुर्व अध्यक्ष हेमनाथ खतिवडाले बताए ।


प्रकाशित : २०८२ माघ २१ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप