लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

लम्कीचुहा न.पा.मा कार्यरत शिक्षा अधिकृतलाई दुर्व्यवहार गर्ने पक्राउ

कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यरत शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार शिक्षा अधिकृत न्यौपाने कार्यालयबाट घर फर्कने क्रममा नेकपा क्रान्तिकारी (वैद्य) समूहका कार्यकर्ताहरुले बलियास्थित पूर्व–पश्चिम राजमार्गमा दुर्व्यवहार गरेका थिए । दुर्व्यवहारमा संलग्नमध्ये लम्कीचुहा ९ का ३१ वर्षीय भुवन रम्तेललाई प्रहरीले मंगलबार पक्राउ गरेको जनाएको छ ।

रम्तेल नेकपा क्रान्तिकारी (वैद्य) सुदूरपश्चिम युवा संगठन इन्चार्ज हुन् । उनलाई कैलारी गाउँपालिका–७ बाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


प्रकाशित : २०८० माघ २४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप