लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

लैङ्गिक हिंसाको मुख्य कारक बालविवाह

धनगढी/महिलामाथि हुने हिंसाको प्रमुख कारण मध्ये बालविवाह पनि प्रमुख रहेको सरोकारवालाले बताएका छन्् । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘सम्मानित समाजको आधारःशून्य लैङ्गिक हिंसा र दुव्र्यवहार’ विषयक बहसमा बोल्दै वक्ताहरुले सो कुरा बताएका हुन्् ।

अहिले प्रविधिको दुरुपयोग गर्दै बाल्यावस्थामै आफूखुसी विवाह गर्नेहरु नै हिंसामा पर्ने गरेका छन् । सामाजिक सञ्जालको प्रयोग गरेर आफूखुसी प्रेम विवाह गर्नेहरु पनि घरपरिवारको दबाबमा परेर घर न घाटको हुने गरेको बहसका वक्ताहरुले बताए ।

‘बालविवाहकै कारण सानो उमेरमा बच्चा जन्माउँदा स्वास्थ्यमा असर पर्नुका साथै घरपरिवार तथा समाजबाट अपहेलित हुनु पर्ने,युवाअवस्थामा पतिले अर्को विवाह गर्ने तथा अर्थअभावले महिलाले मानसिक तनाव खेप्नु पर्ने जस्ता हिंसा बढ््दै गएको देखिन्छ,’ सामाजिक विकास मन्त्रालयका कानुन सचिव दानबहादुर सुनारले भने, ‘यसका साथै अहिले हाम्रो समाजमा कम्प्युटर नेटवर्किङ तथा सामाजिक सञ्जालबाट हुने अपराध पनि बढ््दो छ ।

जसबाट महिला र किशोरी सबैभन्दा बढी पीडित बनेका छन् ।’ महिला भएकै कारण पनि महिला घरदेखि कार्यस्थलसम्म हिंसामा पर्ने गरेको उनले बताए । उनले भने,‘महिला शारीरिक हिंसा, मनोवैज्ञानिक हिंसा, आर्थिक हिंसा तथा सामाजिक हिंसामा पर्ने गरेका छन्् । हुँदाहुँदा अहिलेको युग अनुसार डिजिटल हिंसा पनि जोडिएको छ ।’

महिलाले आफूमाथि भएका लैङ््िगक हिंसा विरुद्ध खुलेर आउनु पर्ने उनले बताए । ‘महिलाले आफूमाथि भएका हिंसा विरुद्ध खुलेर आउनु सक्नु पर्छ,’ उनले भने,‘हिंसा दबाएर राख्नु भनेको अपराधिको मनोबल बढाउनु हो । तसर्थ सचेल महिलाले हिंसाविरुद्ध बोल्नु जरुरी छ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका पहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले अहिलेसम्म पनि गाउँघरमा महिलाले हिंसा भनेको के हो ? भन्ने बुभ््mन नसकेको बताएका छन् । समाज आधुनिकीकरण सँगसँगै हिंसाले पनि स्वरुप परिवर्तन गरेको बताउँदै उनले भने,‘पहिले पहिले पतिले पत्नीलाई कुटपिट गरेको कुरा बढी आउँथे भने अहिले डिजिटल हिंसाका मुद्दा प्रहरीमा दर्ता हुने गरेका छन् । जुन समय अनुसारको परिवर्तन हो ।’
फेसबुक, टिकटक, भाइबर, ह्वाट््सएप जस्ता सामाजिक सञ्जालबाट हिंसामा परिरहेका छन्् । त्यतिमात्रै नभई अहिले सामाजिक सञ्जालबाटै आर्थिक लुटपाटका घटना पनि बढ्दै गएको उनले बताए ।

अर्का वक्ताका रुपमा बोल्दै महिला अधिकारकर्मी संगीता अधिकारीले अहिले हिंसा महिलामाथि मात्रै नभई पुरुषमाथि पनि हुने गरेको बताइन् । उनले भनिन्,‘हिंसाले कसैलाई अछुतो राख्न सकेको छैन, कुनै न कुनै किसिमले पुरुष पनि हिंसामा पर्ने गरेका छन्् । चाहे त्यो श्रम शोषण होस् या अन्य मानसिक हिंसा ।’ सामाजिक सञ्जालबाट पनि महिला हिंसासँगै पुरुष हिंसा पनि बढिरहेको उनले बताइन् । महिल हिंसामा परेर पुनस्र्थापित भए पनि त्यसलाई समाजले हेर्ने दृष्टिकोण गलत भएकै कारण पनि हिंसामाथि हिंसा थपिने क्रम बढ्दै गएको बताउँदै उनले भनिन्,‘यसका लागि यसका लागि समाज परिवर्तन हुन जरुरी छ । सम्मानित समाज निर्माणका लागि हामी सबैको दायित्व उत्तिकै छ ।’

सुदूरपश्चिम महोत्सवमा यस वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले मनोरञ्जनात्मक कार्यक्रमका साथै बिहानीको समयमा भिजन सुदूरपश्चिम नामक बहस कार्यक्रम सुरुवात गरेको हो । विहीबार नवौं श्रृङ्खलामा सम्मानित समाजको आधार ः शून्य लैङ्गिक हिंसा र दूव्र्यवहार’ विषयमा सरोकारवाला निकायसँग बहस कार्यक्रम गरिएको छ ।


प्रकाशित : २०८२ पुष ३ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप