लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

विद्यालयको सय मिटर वरपर मदिरा र सुर्तीजन्य पदार्थ बिक्रीमा राेक

सत्ति / टिकापुर नगरपालिकाले विद्यालय वरपर मदिरा र सूर्तिजन्य बस्तु बिक्रीमा रोक लगाएको छ । टीकापुर नगरपालिकाले बिद्यालयको सय मिटर वरपर मदिरा र सूर्तिजन्य बस्तु बिक्रिमा रोक लगाएको हो ।

नगर शिक्षा समितिको यही बैसाख १४ को निर्णय अनुसार मदिरा र सूर्तिनज्य पदार्थमा  २० गते बिहिवार देखि रोक लगाएको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै सय मिटर भित्रको घर पसलबाट सूर्ति तथा मदिराजन्य पदार्थ बिक्रि वितरण गरिएमा कानून अनुसार कार्बाही गरिने जनाएको छ ।

सूर्तिजन्य पदार्थ ( नियन्त्रण र नियमन गर्ने ) २०६८ को दफा ११ को उपदफा  (३ ) बमोजिम शिक्षण संस्था लगायतका सार्वजनिक स्थलबाट कम्तीमा सय मिटरको दूरीमा सूर्ति तथा मदिराजन्य पदार्थ बिक्रि वितरण गर्न नपाउने व्यबस्था छ । यस्तो व्यबस्था भएपनि टीकापुर नगरपालिकाले यस अघि कार्यान्वयन गर्न सकेको थिएन ।

यसरी निर्णय गरिएपनि निर्णय कार्यान्वयन कति सम्म हुन्छ त्यो भने हेर्न बाँकी छ । नगरपालिकाले नियम बनाउने तर कार्यान्वयन गर्ने पक्ष कमजोर भए गरेको निर्णयकाे कुनै महत्त्व नहुने नागरिकको भनाइ छ ।


प्रकाशित : २०८१ बैशाख २४ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप